नेपाल सम्वत् ११४७, कछलाथ्वः ५, पञ्चमी (२८ कार्तिक २०८३, १४ नोभेम्वर, २०२६) शनिवार, बाँपिझ्याला । अमेरिकामा हवाई ट्राफिक नियन्त्रण प्रणालीमा देखिएको प्राविधिक समस्याका कारण शुक्रबार लगाइएको उडान प्रतिबन्ध हटाइएको छ। उक्त समस्याले देशभर १३ हजारभन्दा बढी उडान प्रभावित भएका थिए।
अमेरिकी यातायात सचिव शन डफीले प्राविधिक समस्याको पहिचान भइसकेको र देशको हवाई क्षेत्र पुनः सञ्चालनमा ल्याइएको जानकारी दिनुभएको छ। यद्यपि, उडान सेवा पूर्ण रूपमा सामान्य हुन केही समय लाग्ने उहाँले बताउनुभयो।
शुक्रबार दिउँसो राडार तथा सञ्चार प्रणालीमा समस्या देखिएपछि विमानको अवस्थाबारे जानकारी लिन र पाइलटसँग सम्पर्क कायम गर्न कठिनाइ भएको थियो। यात्रुको सुरक्षालाई ध्यानमा राख्दै अधिकारीहरूले सावधानीस्वरूप देशभरका उडान रोक्ने निर्णय गरेका थिए।
समस्या देखिँदा आकाशमा रहेका ३ हजार ५०० भन्दा बढी विमानले हवाई ट्राफिक नियन्त्रणको निर्देशनअनुसार सुरक्षित अवतरण गरेका थिए।
अमेरिकी प्रशासनले उक्त घटना साइबर आक्रमण नभई हवाई ट्राफिक नियन्त्रण प्रणालीमा प्रयोग भइरहेको पुरानो हार्डवेयरमा आएको खराबीका कारण भएको जनाएको छ।
यसअघि सन् २०२३ जनवरीमा पनि संघीय उड्डयन प्रशासन (एफएए) को कम्प्युटर प्रणालीमा आएको प्राविधिक गडबडीका कारण अमेरिकाभरका उडान प्रभावित भएका थिए।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij