नेपाल सम्वत् ११४६, कौलागा: ६, षष्ठी (१४ कार्तिक २०८३, ३१ अक्टोबार, २०२६) शनिवार, बाँपिझ्याला । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज हुने भनिएको लुम्बिनी लायन्स र चितवन राइनोजबीचको खेल वर्षाका कारण रद्द भएको छ। लगातारको वर्षाले कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदान खेल सञ्चालन गर्न योग्य नभएपछि खेल रद्द गरिएको नेपाल क्रिकेट सङ्घ (क्यान) का सचिव पारस खड्काले जानकारी दिनुभएको छ।
उहाँका अनुसार बिहीबार रातिदेखि परेको निरन्तर वर्षाका कारण मैदान पूर्ण रूपमा भिजेको थियो। मैदानको अवस्था खेल सञ्चालन गर्न अनुकूल नभएपछि खेल रद्द गर्ने निर्णय गरिएको हो। खेल रद्द भएसँगै लुम्बिनी लायन्स र चितवन राइनोजले एक–एक अङ्क बाँडेका छन्।
यसैबीच, आजै हुने तालिकामा रहेको दोस्रो खेलमा विराटनगर किङ्स र सुदूरपश्चिम रोयल्स आमनेसामने हुँदैछन्। उक्त खेल अपराह्न ५ बजे सुरु हुने पूर्वनिर्धारित तालिका छ। तर, निरन्तरको वर्षाका कारण दोस्रो खेलसमेत प्रभावित हुने सम्भावना रहेको छ।
कात्तिक ९ गतेदेखि सुरु भएको तेस्रो संस्करणको एनपिएल आगामी मङ्सिर ५ गतेसम्म सञ्चालन हुनेछ। वर्षाका कारण खेल प्रभावित भएपछि प्रतियोगिताको निर्धारित तालिकामा समेत असर पर्ने सम्भावना देखिएको छ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij