Oct 31 2026 | २०८३, कार्तिक १४, गते

Oct 31 2026 | २०८३, कार्तिक १४, गते

एनपीएलमा आज दुई खेल, वर्षाले प्रभावित हुने सम्भावना

एनपीएलमा आज दुई खेल, वर्षाले प्रभावित हुने सम्भावना

नेपाल सम्वत् ११४६, कौलागा: ६, षष्ठी (१४ कार्तिक २०८३, ३१ अक्टोबार, २०२६) शनिवार, बाँपिझ्याला । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन्। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने पहिलो खेलमा साविक विजेता लुम्बिनी लायन्स र चितवन राइनोजबीच प्रतिस्पर्धा हुनेछ।

निर्धारित तालिकाअनुसार पहिलो खेल दिउँसो साढे १२ बजे सुरु हुनेछ। यस्तै, आजै हुने दोस्रो खेलमा विराटनगर किङ्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुनेछ। उक्त खेल अपराह्न साढे ४ बजे सुरु हुने तालिका छ।

तर, काठमाडौँ उपत्यकासहित विभिन्न क्षेत्रमा दुई दिनदेखि लगातार वर्षा भइरहेकाले आजका दुवै खेल प्रभावित हुन सक्ने सम्भावना छ। वर्षाका कारण मैदानको अवस्था र खेल सञ्चालनमा असर पर्न सक्ने देखिएको छ।

जारी प्रतियोगितामा लुम्बिनी लायन्स र चितवन राइनोजले एक–एक खेलमा जित हासिल गरेका छन्। विराटनगर किङ्सले भने आफ्ना दुवै खेलमा पराजय बेहोरेको छ। त्यस्तै, सुदूरपश्चिम रोयल्सले एक खेलमा जित र अर्कोमा हार व्यहोरेको छ।

आजको खेलमा जित निकाल्दै लुम्बिनी र चितवन आफ्नो लय कायम राख्ने प्रयासमा हुनेछन् भने विराटनगर पहिलो जितको खोजीमा मैदान उत्रनेछ। सुदूरपश्चिम पनि जित निकाल्दै प्रतियोगितामा आफ्नो स्थिति बलियो बनाउने लक्ष्यमा हुनेछ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार