Oct 26 2026 | २०८३, कार्तिक ९, गते

Oct 26 2026 | २०८३, कार्तिक ९, गते

एनपीएलको रौनक आजदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

एनपीएलको रौनक आजदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

नेपाल सम्वत् ११४६, कौलाथ्वः १५, पूर्णीमा (९ कार्तिक २०८३, २६ अक्टोबार, २०२६) सोमबार, बाँपिझ्याला । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिताको तेस्रो संस्करण आजदेखि त्रिवि क्रिकेट मैदानमा सुरु हुँदैछ। प्रतियोगिताको उद्घाटन खेलमा साविक विजेता लुम्बिनी लायन्स र उपविजेता सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुनेछ।

आज साँझ ५ बजे सुरु हुने उद्घाटन खेलमा दुवै टोली जितका साथ प्रतियोगिताको सुखद सुरुवात गर्ने लक्ष्यसहित मैदानमा उत्रिनेछन्। साविक विजेता लुम्बिनी आफ्नो उपाधि रक्षा गर्ने योजनामा रहँदा सुदूरपश्चिम पहिलो खेलमै जित निकाल्दै प्रतियोगितामा बलियो उपस्थिति जनाउन चाहन्छ।

प्रतियोगिताको उद्घाटन प्रधानमन्त्री बालेन्द्र शाहले गर्ने कार्यक्रम रहेको छ। नेपाल क्रिकेट संघ (क्यान)का अनुसार प्रतियोगिताका लागि आवश्यक तयारी लगभग पूरा भइसकेको छ।

एनपीएलको पहिलो संस्करणको उपाधि जनकपुर बोल्ट्सले जितेको थियो भने दोस्रो संस्करणमा लुम्बिनी लायन्स च्याम्पियन बनेको थियो। तेस्रो संस्करणमा सहभागी टोलीहरू उपाधि जित्ने लक्ष्यसहित प्रतिस्पर्धामा उत्रनेछन्।

नेपाली क्रिकेटको लोकप्रियता बढाउन र स्वदेशी खेलाडीलाई आफ्नो प्रतिभा प्रदर्शन गर्ने अवसर प्रदान गर्न एनपीएलले महत्त्वपूर्ण भूमिका खेल्दै आएको छ। प्रतियोगिताले नेपाली क्रिकेटप्रेमीमाझ उत्साह थप्नुका साथै खेलाडीलाई आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ।

आजको उद्घाटन खेलसँगै सुरु हुने एनपीएलको तेस्रो संस्करणमा रोमाञ्चक प्रतिस्पर्धा हुने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार