Nov 14 2026 | २०८३, कार्तिक २८, गते

Nov 14 2026 | २०८३, कार्तिक २८, गते

महाअष्टमीमा माता महागौरीको पूजाआराधना, शक्तिपीठहरूमा भक्तजनको घुइँचो

महाअष्टमीमा माता महागौरीको पूजाआराधना, शक्तिपीठहरूमा भक्तजनको घुइँचो

नेपाल सम्वत् ११४७, कौलाथ्वः ७ अष्ठमी, (१ कार्तिक २०८३, १८ अक्टोबर, २०२६) आईतबार, बाँपिझ्याला । बडादसैँको आठौँ दिन अर्थात् महाअष्टमीका अवसरमा आइतबार नवदुर्गाका आठौँ स्वरूप माता महागौरीको विधिपूर्वक पूजाआराधना गरिँदै छ। शक्ति, शान्ति, पवित्रता र सौभाग्यकी प्रतीक माता महागौरीको पूजा गरी भक्तजनले सुख, समृद्धि, साहस तथा पारिवारिक कल्याणको कामना गरिरहेका छन्।

महाअष्टमीका दिन देशभरका दुर्गा मन्दिर तथा प्रसिद्ध शक्तिपीठहरूमा बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ। धार्मिक परम्पराअनुसार यस दिन देवीको विशेष पूजा, होम, यज्ञ, बलि तथा कन्या पूजा गरिन्छ।

साथै, सैनिक तथा सर्वसाधारणले हातहतियार, सवारीसाधन र विभिन्न औजारको पूजा गरी शक्ति र सुरक्षाको कामना गर्ने परम्परा छ। आसुरी शक्तिमाथि दैवीशक्तिको विजयको प्रतीकका रूपमा मनाइने महाअष्टमी दसैँको महत्त्वपूर्ण दिन हो।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार