Oct 15 2026 | २०८३, आश्विन २९ गते

Oct 15 2026 | २०८३, आश्विन २९ गते

कांग्रेसको पेशागततर्फ केन्द्रीय सदस्यमा डा. केदार नरसिंह केसी सर्वाधिक मतसहित निर्वाचित

कांग्रेसको पेशागततर्फ केन्द्रीय सदस्यमा डा. केदार नरसिंह केसी सर्वाधिक मतसहित निर्वाचित

नेपाल सम्वत् ११४६, कौलाथ्वः ५, पञ्चमी (२९ असोज २०८३, १५ अक्टोबार, २०२६) बिहीबार, बाँपिझ्याला । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत पेशागत क्षेत्रबाट केन्द्रीय सदस्यका पाँच पदका लागि भएको निर्वाचनमा डा. केदार नरसिंह केसी सर्वाधिक मत प्राप्त गर्दै निर्वाचित भएका छन्। उनले ३ हजार २५३ मत प्राप्त गरेका छन्।

अन्तिम मतपरिणामअनुसार प्रा. डा. जगदीश चन्द्र पोखरेल २ हजार ५७७ मतसहित दोस्रो स्थानमा निर्वाचित भएका छन्। त्यस्तै, अधिवक्ता सीताराम केसी १ हजार ५३६ मतसहित तेस्रो, डा. प्रदीप मिश्र १ हजार ४७८ मतसहित चौथो र केशव निरौला १ हजार २३२ मतसहित पाँचौँ स्थानमा रहँदै केन्द्रीय सदस्यमा निर्वाचित भएका छन्।

निर्वाचनमा अन्य उम्मेदवारमध्ये शिवशंकर रिजालले १ हजार २२०, डा. नहकुल केसीले १ हजार १६६, भरत राज ढकालले १ हजार १४८, सीए पदम भण्डारीले १ हजार ११७, प्रकाश कटुवालले १ हजार ७७ र ई. मनोज घिमिरेले १ हजार ५९ मत प्राप्त गरेका छन्।

त्यसैगरी, ई. धनेन्द्र केसीले ८७५, ई. दीपेन्द्र क्षेत्रीले ८६८, शमिरजंग शाहले ४५७, धर्मानन्द जोशीले ४५४, सुवास अधिकारीले ४४६, बिनोद कुमार यादवले ४२७, शिव लम्सालले ४२४ र मोहन लम्सालले ४०६ मत प्राप्त गरेका छन्।

अन्य उम्मेदवारतर्फ गोपाल प्रसाद पोखरेलले ५९४, काशीनाथ चुडालले ५७१, विज्ञान प्रसाईंले ४८१, लक्ष्मी किशोर सुवेदीले ४७८, ज्ञानिन्द्र झाले ३८६, शत्रुघ्न प्रसाद गुप्ताले ३७४, ई. सुदर्शन शर्माले ३४७, डा. विनायक पण्डितले ३२९, ई. यमकृष्ण पौडेलले ३०५, डा. शिवचन्द्र शाहीले ३०१, हरि प्रसाद कार्कीले २७५, सुशील प्रसाद फुँयालले १९० र विश्वदिप लामिछानेले १८६ मत प्राप्त गरेका छन्।

पेशागत क्षेत्रबाट केन्द्रीय सदस्यका लागि भएको निर्वाचनको अन्तिम परिणामसँगै पाँचै जना निर्वाचित उम्मेदवारको टुंगो लागेको छ। निर्वाचनमा डा. केदार नरसिंह केसीले अन्य प्रतिस्पर्धीलाई पछि पार्दै सबैभन्दा बढी मत प्राप्त गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार