नेपाल सम्वत् ११४६, कौलाथ्वः ५, पञ्चमी (२९ असोज २०८३, १५ अक्टोबार, २०२६) बिहीबार, बाँपिझ्याला । पूर्वसांसद् एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की केन्द्रीय सदस्य विनिता कठायत कर्णाली प्रदेशमा आयोजना हुने दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको मूल आयोजक समिति सदस्यमा मनोनीत भएकी छन्।
शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले कठायतलाई मूल आयोजक समितिको सदस्यमा मनोनयन गरेका हुन्। राष्ट्रिय खेलकुद प्रतियोगिता सञ्चालन निर्देशिका, २०८३ को परिच्छेद–२, दफा ४ को उपदफा (१) को खण्ड (ण) मा रहेको व्यवस्थाबमोजिम उनलाई सदस्यमा मनोनीत गरिएको हो।
राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रामचरित्र मेहताले पत्रमार्फत कठायतको मनोनयनबारे जानकारी दिएका छन्।
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी मंसिर १६ देखि २७ गतेसम्म कर्णाली प्रदेशका विभिन्न जिल्लामा सञ्चालन हुने कार्यक्रम छ। प्रतियोगिताले प्रदेशको खेलकुद विकास तथा राष्ट्रियस्तरका खेलाडीको प्रतिभा प्रदर्शनमा महत्त्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।
कठायत अघिल्लो प्रतिनिधिसभा कार्यकालमा समानुपातिक प्रणालीबाट सांसद् बनेकी थिइन्। पछिल्लो प्रतिनिधिसभा निर्वाचनमा रास्वपाबाट जुम्लामा उम्मेदवारी दिएकी उनी पराजित भएकी थिइन्। हाल उनी पार्टीको केन्द्रीय सदस्यका रूपमा सक्रिय छन्।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij