Oct 11 2026 | २०८३, आश्विन २५ गते

Oct 11 2026 | २०८३, आश्विन २५ गते

बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा दोलखा आउँदै

बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा दोलखा आउँदै

नेपाल सम्वत् ११४६, यंलाथ्वः ९, नवमी (४ असोज २०८३, २० सेप्टेम्वर, २०२६) आईतबार, बाँपिझ्याला । जिल्लाको विकास निर्माण तथा सार्वजनिक सेवा प्रवाहको अवस्थाबारे समीक्षा गर्न बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा दोलखा आउने भएका छन्।

जिल्ला समन्वय समिति दोलखाको आयोजनामा यही असोज ६ र ७ गते चरिकोटमा हुने दुईदिने समीक्षा गोष्ठीको उद्घाटन मुख्यमन्त्री थापाले गर्ने कार्यक्रम रहेको छ।

गोष्ठीमा जिल्लाका सबै स्थानीय तहका जनप्रतिनिधि तथा विभिन्न सरकारी र सार्वजनिक कार्यालयका प्रमुखहरूको सहभागिता रहनेछ। कार्यक्रममा जिल्लामा भइरहेका विकास निर्माणका काम, योजना कार्यान्वयनको अवस्था तथा सार्वजनिक सेवा प्रवाहबारे समीक्षा गरिने जनाइएको छ।

त्यसैगरी, विकास आयोजनाको प्रगति, कार्यान्वयनका क्रममा देखिएका समस्या तथा आगामी दिनमा अपनाउनुपर्ने कार्यदिशाका विषयमा समेत छलफल हुने बताइएको छ।

गोष्ठीले जिल्लाको समग्र विकासलाई प्रभावकारी बनाउन स्थानीय तह, प्रदेश सरकार तथा सरकारी निकायबीच समन्वय र सहकार्य थप मजबुत बनाउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार