Oct 11 2026 | २०८३, आश्विन २५ गते

Oct 11 2026 | २०८३, आश्विन २५ गते

आज देशभर वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा हुन सक्ने

आज देशभर वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा हुन सक्ने

नेपाल सम्वत् ११४६, यंलाथ्वः २, द्वितिया (२८ भाद्र २०८३, १३ सेप्टेम्वर, २०२६) आईतबार बाँपिझ्याला । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानकै आसपास रहेकाले देशभरको मौसममा बदली र वर्षाको प्रभाव देखिएको छ।

हाल देशभर साधारणतया बदली रहेको छ भने कोशी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

आज दिउँसो देशभर साधारणतया बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हिमाली तथा पहाडी भूभागका केही तथा धेरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ।

लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थान तथा मधेश, कोशी, बागमती र गण्डकी प्रदेशका तराई भूभागका थोरै स्थानमा समेत मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ।

देशका पहाडी भूभागका साथै सुदूरपश्चिम प्रदेशको तराई भूभागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ। भारी वर्षाका कारण पहिरो, बाढी तथा डुबानको जोखिम रहेका क्षेत्रमा सतर्कता अपनाउन आवश्यक देखिएको छ।

यस्तै, आज राति पनि देशभर साधारणतया बदली रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका केही स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ।

देशका पहाडी तथा तराई भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्नेछ। कोशी र लुम्बिनी प्रदेशका तराई भूभागका एक–दुई स्थानमा राति पनि भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

वर्षाका कारण सडक तथा यातायातमा असर पर्न सक्ने भएकाले यात्रा गर्दा आवश्यक सावधानी अपनाउन र बाढी तथा पहिरोको जोखिम भएका क्षेत्रमा विशेष सतर्क रहन आग्रह गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार