नेपाल सम्वत् ११४६, गुंल्लाथ्वः १० दशमी (६ भाद्र २०८३, २२ अगष्ठ २०२६) शनिवार, बाँपिझ्याला । निजी भ्रमणका क्रममा मुस्ताङ यात्रामा रहेका प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) शनिबार म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ स्थित रुप्से झरना हुँदै मुस्ताङतर्फ अघि बढेका छन्।
प्रधानमन्त्री बालेन सवार गाडी तथा सुरक्षाकर्मीको अगुवापछुवा गाडी शनिबार भदौ ६ गते दिउँसो रुप्से झरनाबाट अगाडि बढेको हो। मुस्ताङ जाने–आउने पर्यटकका लागि लोकप्रिय रुप्से झरनामा अधिकांश यात्रु केहीबेर रोकिएर फोटो तथा भिडियो खिच्ने गर्छन्। तर प्रधानमन्त्री बालेन र उनको टोली भने झरनामा नरोकिई सिधै मुस्ताङ सदरमुकाम जोमसोमतर्फ अघि बढेको बताइएको छ।
म्याग्दीको तातोपानीस्थित होटल न्याचुरल स्प्रिङमा करिब एक घण्टा विश्राम गरेपछि प्रधानमन्त्री बालेनको टोली जोमसोमतर्फ लागेको हो।
निजी भ्रमणका क्रममा प्रधानमन्त्री बालेनसहितको टोलीले मुस्ताङका विभिन्न क्षेत्रको भ्रमण गर्ने कार्यक्रम रहेको बताइएको छ। उनको भ्रमणका क्रममा सुरक्षा व्यवस्थालाई समेत ध्यानमा राख्दै सुरक्षाकर्मीको टोली अगुवापछुवासहित परिचालन गरिएको छ।
रुप्से झरना म्याग्दी हुँदै मुस्ताङ जाने पर्यटकका लागि प्रमुख आकर्षणको केन्द्र हो। धौलागिरि क्षेत्रको प्राकृतिक सौन्दर्यसँगै झरनाको मनोरम दृश्यका कारण यहाँ दैनिकजसो आन्तरिक तथा बाह्य पर्यटक पुग्ने गरेका छन्।
प्रधानमन्त्री बालेनको मुस्ताङ भ्रमणलाई निजी भ्रमण भनिए पनि उनको यात्राले स्थानीयस्तरमा समेत चासो बढाएको छ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij