Oct 12 2026 | २०८३, आश्विन २६ गते

Oct 12 2026 | २०८३, आश्विन २६ गते

गरिमा चौधरीलाई न्याय माग्दै पोखरामा युवाको प्रदर्शन

गरिमा चौधरीलाई न्याय माग्दै पोखरामा युवाको प्रदर्शन

नेपाल सम्वत् ११४६, गुंल्लाथ्वः १० दशमी (६ भाद्र २०८३, २२ अगष्ठ २०२६) शनिवार, बाँपिझ्याला । बलात्कारपछि हत्या गरिएकी गरिमा चौधरीलाई न्याय दिलाउन माग गर्दै पोखरामा युवाहरूले प्रदर्शन गरेका छन्।

शनिबार पोखरास्थित मानवअधिकार चोकमा भेला भएका युवाहरूले विभिन्न नारा लेखिएका प्लेकार्ड प्रदर्शन गर्दै गरिमा चौधरीको हत्या घटनामा संलग्न दोषीलाई कडा कानुनी कारबाही गर्न माग गरेका हुन्।

प्रदर्शनमा सहभागी युवाहरूले महिला तथा बालिकामाथि हुने हिंसा, बलात्कार र हत्याका घटनामा राज्य गम्भीर बन्नुपर्ने बताएका थिए। उनीहरूले पीडित परिवारलाई न्यायको अनुभूति हुने गरी घटनाको निष्पक्ष छानबिन तथा दोषीमाथि कानुनअनुसार कडा कारबाही हुनुपर्ने माग गरे।

प्लेकार्डसहित मानवअधिकार चोकमा उभिएका प्रदर्शनकारीहरूले न्यायको माग गर्दै विभिन्न नारा लगाएका थिए। उनीहरूले यस्ता घटनामा राजनीतिक तथा अन्य कुनै पनि प्रभावबाट अनुसन्धान प्रभावित हुन नहुनेमा जोड दिए।

प्रदर्शनमा सहभागी युवाहरूले गरिमा चौधरीको न्यायका लागि आवाज उठाउनु सामाजिक दायित्व भएको बताएका छन्। साथै, आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन राज्यले महिला तथा बालिकाको सुरक्षा, कानुनी संरक्षण र न्यायिक प्रक्रियालाई थप प्रभावकारी बनाउनुपर्ने उनीहरूको माग थियो।

गरिमा चौधरीमाथि भएको बलात्कारपछि हत्या घटनाले समाजमा गम्भीर चिन्ता र आक्रोश पैदा गरेको भन्दै प्रदर्शनकारीहरूले दोषीलाई कानुनी दायरामा ल्याएर पीडित परिवारलाई न्याय दिलाउन सरकारसँग आग्रह गरेका छन्।

तस्बिर : अर्जुन गाहा, नेपाल फोटो लाइब्रेरी

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार