Oct 01 2026 | २०८३, आश्विन १५ गते

Oct 01 2026 | २०८३, आश्विन १५ गते

बुधबार देशभर मनसुनी वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा र हुरीबतासको चेतावनी

बुधबार देशभर मनसुनी वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा र हुरीबतासको चेतावनी

नेपाल सम्वत् ११४६, गुंल्लाथ्वः ७ सप्तमी (३ भाद्र २०८३, १९ अगष्ठ २०२६) बुधबार, बाँपिझ्याला । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ । हाल देशभर साधारणतया बदली रही कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

महाशाखाका अनुसार बुधबार दिउँसो देशभर साधारणतया बदली रहनेछ । हिमाली भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ । पहाडी भूभागका धेरै स्थानमा तथा बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानमा वर्षाको सम्भावना छ ।

यस्तै, मधेश प्रदेश तथा कोशी प्रदेशको तराई भूभागका थोरै स्थानमा पनि मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुनसक्ने महाशाखाले जनाएको छ । कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।

कोशी प्रदेशको तराई तथा मधेश प्रदेशका केही स्थानमा हुरीबतासको सम्भावना समेत रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

बुधबार राति देशका हिमाली र पहाडी भूभागमा साधारणतया बदली रहनेछ । कोशी र सुदूरपश्चिम प्रदेशको तराई भूभागमा साधारणतया बदली तथा बाँकी तराई भूभागमा आंशिक बदली रहने पूर्वानुमान गरिएको छ ।

रातिको समयमा हिमाली भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ । पहाडी भूभागका केही स्थानमा पनि मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुनसक्नेछ ।

त्यसैगरी कोशी र लुम्बिनी प्रदेशका तराई भूभागका केही स्थान तथा मधेश, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

भारी वर्षा तथा हुरीबतासको सम्भावना रहेका क्षेत्रमा सडक तथा हवाई यातायात, कृषि कार्य र दैनिक जनजीवनमा समेत असर पर्नसक्ने भएकाले आवश्यक सावधानी अपनाउन मौसमविद्हरूले सुझाव दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार