Aug 19 2026 | २०८३, भाद्र ३ गते

Aug 19 2026 | २०८३, भाद्र ३ गते

भीमेश्वर नगरपालिकाका कर्मचारी पूर्णबहादुर पाण्डेको निधन, भदौ १ गते शोक बिदा

भीमेश्वर नगरपालिकाका कर्मचारी पूर्णबहादुर पाण्डेको निधन, भदौ १ गते शोक बिदा

नेपाल सम्वत् ११४६, गुंल्लाथ्वः ४ चौथी (३१ साउन, २०८३, १६ अगष्ठ २०२६) आईतबार, बाँपिझ्याला । भीमेश्वर नगरपालिकाअन्तर्गत सरसफाइ व्यवस्थापन सवारी चालक पदमा कार्यरत कर्मचारी पूर्णबहादुर पाण्डेको निधन भएको छ।

घलेको निधनप्रति भीमेश्वर नगरपालिकाले गहिरो दुःख व्यक्त गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेको छ। नगरप्रमुख ईश्वरनारायण मानन्धरले जारी गरेको श्रद्धाञ्जली सन्देशमा घलेको असामयिक निधनले नगरपालिका परिवारलाई मर्माहत बनाएको उल्लेख गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना गरिएको छ।

नगरपालिकाले शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्दै पाण्डेले नगरपालिकाको सेवामा पुर्‍याएको योगदानको स्मरण गरेको छ।

पाण्डेको निधनको शोकमा भीमेश्वर नगरपालिकाले भदौ १ गते सोमबार नगरपालिका कार्यालय तथा मातहतका वडा कार्यालयहरूमा शोक बिदा दिने निर्णय गरेको जनाएको छ।

नगरपालिकाले यस दुःखद घडीमा सम्पूर्ण नगरवासी तथा कर्मचारीलाई शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गर्न आग्रहसमेत गरेको छ।

condolance-from-bhimeshwor.jpg
undefined

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार