नेपाल सम्वत् ११४६, गुंल्लाथ्वः २ द्वितिया (२९ साउन, २०८३, १४ अगष्ठ २०२६) शनिवार, बाँपिझ्याला । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा समूहको राष्ट्रिय भेला आजदेखि काठमाडौंमा सुरु हुँदैछ। सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा आयोजना गरिएको भेला तीन दिनसम्म चल्नेछ।
भेला आयोजक समितिको संयोजकमा डा. शशांक कोइराला रहेका छन्। कांग्रेसको संस्थापनइतर पक्षका शीर्ष नेता देउवा हङकङबाट हिजो स्वदेश फर्किएका हुन्। उनले आजै राष्ट्रिय भेलाको उद्घाटन गर्ने कार्यक्रम रहेको छ।
संस्थापनइतर समूहले देउवाका लागि काठमाडौंको चुनदेवीस्थित सम्पर्क कार्यालयमा पार्टी सभापतिकै हैसियत झल्काउने गरी छुट्टै कार्यकक्षसमेत तयार गरेको छ।
भेलाको पहिलो दिन आज उद्घाटन समारोह आयोजना हुनेछ। उद्घाटन समारोहमा देउवासहित कांग्रेसका शीर्ष नेताहरूले सम्बोधन गर्ने नेता मीन विश्वकर्माले जानकारी दिए। उनका अनुसार भोलि र पर्सि बन्दसत्र सञ्चालन हुनेछ।
भेलामा देशभरबाट करिब ५ हजारभन्दा बढी नेता तथा कार्यकर्ताको सहभागिता हुने आयोजकको दाबी छ। भेलामा संगठन, समसामयिक राजनीतिक अवस्था तथा पार्टीको आगामी रणनीतिसहितका विषयमा छलफल हुने बताइएको छ।
राष्ट्रिय भेलामा राजनीतिक प्रतिवेदनसमेत पेश गरिनेछ। उक्त प्रतिवेदनमाथि बन्दसत्रमा छलफल गरी पार्टीको आगामी राजनीतिक तथा सांगठनिक दिशाबारे धारणा तय गरिने बताइएको छ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij