नेपाल सम्वत् ११४६, गुंल्लाथ्वः १ प्रतिपदा (२८ साउन, २०८३, १३ अगष्ठ २०२६) बिहीबार, बाँपिझ्याला । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले कोशी प्रदेश सरकारमा सहभागी हुने मन्त्री छनोटको जिम्मेवारी प्रदेशकै पार्टी नेतृत्वलाई दिएको छ।
प्रदेश सरकार र मन्त्री छनोटबारे शीर्ष नेतासँग छलफल गर्न काठमाडौं पुगेको नेकपा कोशी प्रदेशको टोलीलाई सन्तुलन मिलाएर प्रदेशमै मन्त्री छनोट गर्न निर्देशन दिइएको हो। टोलीले पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपालसँग छलफल गरेको थियो।
नेकपा कोशी प्रदेशका संयोजक हर्कबहादुर नेम्वाङ (मिक्सो)का अनुसार शीर्ष नेताहरूले नयाँ र पुराना दुवैलाई समेटेर मन्त्री छनोट गर्न सुझाव दिएका छन्।
प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले प्रदेश इन्चार्ज, संयोजक र संसदीय दलका नेता बसेर मन्त्री छनोट गर्ने पार्टीको निर्णय भएको बताए।
कांग्रेसका मन्त्रीहरू सरकारबाट बाहिरिएपछि कोशी प्रदेशमा नेकपा सरकारमा सहभागी हुने तयारीमा छ। आङ्बोका अनुसार मुख्यमन्त्रीसहित एमालेले पाँच र नेकपाले चार मन्त्रालय लिने विषयमा करिब सहमति भइसकेको छ। कुन–कुन मन्त्रालय कसले लिने भन्ने विषय भने टुंगिन बाँकी छ।
कोशी प्रदेशमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित नौ मन्त्रालय छन्। कांग्रेसका मन्त्रीहरूले राजीनामा दिएपछि भौतिक पूर्वाधार विकास, स्वास्थ्य, उद्योग–कृषि तथा सहकारी र पर्यटन, वन तथा वातावरण मन्त्रालय हाल खाली छन्।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij