Aug 19 2026 | २०८३, भाद्र ३ गते

Aug 19 2026 | २०८३, भाद्र ३ गते

कांग्रेस केन्द्रीय समिति बैठकमा पाँच प्रदेश सभापति सहभागी, दुई अनुपस्थित

कांग्रेस केन्द्रीय समिति बैठकमा पाँच प्रदेश सभापति सहभागी, दुई अनुपस्थित

नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठकमा सात प्रदेशका सभापतिमध्ये पाँच जना सहभागी भएका छन् भने दुई प्रदेशका सभापति अनुपस्थित रहेका छन्।

आइतबारदेखि पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरु भएको बैठकमा प्रदेश सभापतिहरूलाई आमन्त्रित सदस्यका रूपमा बोलाइएको छ। बैठकमा नेपाल सम्वत् ११४६, दिल्लागाः १२ द्वादसी (२५ साउन, २०८३, १० अगष्ठ २०२६) सोमबार, बाँपिझ्याला । कोशी प्रदेशका सभापति उद्धव थापा, मधेशका कृष्ण यादव, बागमतीका इन्द्र बानियाँ, गण्डकीका शुक्रराज शर्मा र लुम्बिनीका अमरसिंह पुन सहभागी भएका छन्।

कर्णाली प्रदेशका सभापति ललितजंग शाही र सुदूरपश्चिम प्रदेशका सभापति वीरबहादुर बलायर भने बैठकमा उपस्थित नभएको एक केन्द्रीय सदस्यले जानकारी दिएका छन्।

आइतबारदेखि सुरु भएको बैठकमा सोमबारदेखि केन्द्रीय सदस्यहरूले आफ्नो धारणा राख्न थालेका छन्। बैठकमा पार्टीको आगामी रणनीति, संगठन सुदृढीकरण तथा १५औँ महाधिवेशनको तयारीलगायत विषयमा छलफल भइरहेको छ।

बैठकका लागि पार्टीसँग सम्बन्धित आठवटा एजेण्डा तय गरिएको छ। जसमा १५औँ महाधिवेशनको तयारी, नियमावली तथा निर्वाचन निर्देशिका, सदस्यता अद्यावधिक र वितरण, महाधिवेशन तयारी समिति गठन, विधान मस्यौदा समिति गठन लगायतका विषय छन्।

त्यस्तै, प्रचार–प्रसार, भोजन तथा आवास, मञ्च व्यवस्थापनलगायतका कामका लागि उपसमिति गठन गर्ने, कार्यसम्पादन समितिका निर्णय अनुमोदन गर्ने तथा सदस्यता व्यवस्थापनसम्बन्धी केन्द्रीय समितिका निर्णय अनुमोदन गर्ने विषय पनि एजेण्डामा समेटिएका छन्। जनसम्पर्क समिति तथा भ्रातृ संस्थाहरूका विधानसम्बन्धी विषयमा समेत बैठकमा छलफल हुनेछ।

बैठकमा पछिल्लो समय तराई–मधेशमा भएका घटनाक्रम र सामाजिक सद्भाव कायम गर्ने विषयलाई पनि प्राथमिकताका साथ छलफल गरिने भएको छ।

यसैगरी, सरकारको १०० दिन र त्यसपछिका गतिविधि, प्रमुख प्रतिपक्षी दलका रूपमा संसद तथा संसदबाहिर कांग्रेसको भूमिका, प्रदेश सरकारसँग सम्बन्धित पछिल्लो राजनीतिक परिस्थिति तथा समसामयिक राजनीतिक विषय पनि बैठकका एजेण्डामा रहेका छन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार