Aug 18 2026 | २०८३, भाद्र २ गते

Aug 18 2026 | २०८३, भाद्र २ गते

अनिल जोशीलाई मातृशोक

अनिल जोशीलाई मातृशोक

नेपाल सम्वत् ११४६, दिल्लागाः १२ द्वादसी (२५ साउन, २०८३, १० अगष्ठ २०२६) सोमबार, बाँपिझ्याला । नेपाल ब्रोडकास्टिङ च्यानल लिमिटेडका अध्यक्ष अनिल जोशीलाई मातृशोक परेको छ। उहाँकी आमा सूर्यामाया जोशीको ८८ वर्षको उमेरमा आइतबार काठमाडौंस्थित ह्याम्स अस्पतालमा उपचारका क्रममा निधन भएको हो।

पारिवारिक स्रोतका अनुसार केही समयदेखि स्वास्थ्यसम्बन्धी समस्याका कारण उपचाररत सूर्यामायाको उपचारकै क्रममा निधन भएको हो। उहाँको निधनले जोशी परिवार, आफन्तजन तथा शुभेच्छुकहरू शोकमा परेका छन्।

सूर्यामाया जोशीको पार्थिव शरीरको आइतबार नै काठमाडौंस्थित पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ। अन्त्येष्टिमा परिवारका सदस्य, आफन्त, शुभेच्छुक तथा विभिन्न क्षेत्रसँग सम्बन्धित व्यक्तिहरूको उपस्थिति रहेको थियो। उपस्थितहरूले दिवंगत सूर्यामायाप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनप्रति समवेदना व्यक्त गरेका थिए।

दोलखा जिल्ला भीमेश्वर नगरपालिका–२, डोकलुङा स्थायी घर भई हाल काठमाडौंको बालुवाटार बस्दै आउनुभएकी सूर्यामायाका एक छोरा र तीन छोरी रहेका छन्। पारिवारिक जीवनमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आउनुभएकी उहाँ परिवारका सदस्य तथा आफन्तजनका लागि अभिभावकीय भूमिकामा रहनुभएको थियो।

लामो समयदेखि परिवार तथा समाजसँग जोडिएर रहनुभएकी सूर्यामायाको निधनले परिवारमा अपूरणीय क्षति पुगेको आफन्तहरूले बताएका छन्। उहाँको निधनप्रति सञ्चार क्षेत्रका विभिन्न व्यक्तित्व, आफन्त तथा शुभेच्छुकहरूले दुःख व्यक्त गर्दै अध्यक्ष अनिल जोशीसहित सम्पूर्ण जोशी परिवारप्रति हार्दिक समवेदना प्रकट गरेका छन्।

यसैबीच, सूर्यामायाको निधनप्रति बाँपिझ्याला मिडिया परिवारले पनि गहिरो दुःख व्यक्त गरेको छ। बाँपिझ्याला मिडिया परिवार तथा सम्पूर्ण दोलखावासीको तर्फबाट शोकसन्तप्त अध्यक्ष अनिल जोशीसहित परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार