नेपाल सम्वत् ११४६, दिल्लागाः २ द्वितिया (१५ साउन, २०८४, ३१ जुलाई, २०२६) शुक्रवार, बाँपिझ्याला । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) दोलखाले जनयुद्धका क्रममा दोलखाको तत्कालीन काटाकुटी गाविस–२ बोद्ले (हाल शैलुङ गाउँपालिका–३) मा तत्कालीन शाही सेनाद्वारा सामूहिक रूपमा हत्या गरिएका वीर शहीदहरूको स्मृतिमा २४औं स्मृती सभा यही साउन १८ गते आयोजना गर्ने भएको छ।
स्मृति सभा काठमाडौंको थापागाउँस्थित काठमाडौं ब्याङ्केटमा साउन १८ गते दिउँसो ३ बजेदेखि आयोजना हुने भएको हो। कार्यक्रममा पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रमुख अतिथि तथा उप–संयोजक माधव नेपाल विशेष अतिथिका रूपमा सहभागी हुने कार्यक्रम रहेको नेकपा दोलखाका जिल्ला इन्चार्ज विशाल खड्काले जानकारी दिनुभयो।
उहाँका अनुसार जनयुद्धका क्रममा बोद्लेमा सामूहिक रूपमा हत्या गरिएका शहीदहरूको योगदानको स्मरण गर्दै उनीहरूको सम्मानमा स्मृति सभा आयोजना गर्न लागिएको हो। कार्यक्रममा शहीद परिवार, पार्टीका नेता–कार्यकर्ता तथा शुभेच्छुकहरूको उल्लेख्य सहभागिता रहने अपेक्षा गरिएको छ।
स्मृति सभाको तयारीका लागि पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित भेटघाट तथा छलफल कार्यक्रममा इन्चार्ज खड्काले तयारीको अवस्थाबारे जानकारी गराउँदै कार्यक्रमलाई व्यवस्थित बनाउन विभिन्न समिति तथा उपसमिति गठन गरी जिम्मेवारीसमेत बाँडफाँड गरिएको बताउनुभयो।
भेटघाट कार्यक्रममा नेकपा का वडा पालीकादेखि केन्द्रिय तहसम्मका नेता तथा कार्यकर्ताहरुको उपस्थिती रहेको थियो । जसमा केन्द्रिय सदस्य एवं बरिष्ठ अधिवक्ता तथा पूर्व महान्याधिवक्ता डा. मुक्तीनारायण प्रधान, केन्द्रीय सदस्य महेन्द्रबहादुर कार्की, केन्द्रिय सदस्य शंकर लामा, जिल्ला सह–ईञ्चार्ज ज्योती श्रेष्ठ, दोलखा–काठमाडौं सम्पर्क समन्वय समितिका अध्यक्ष इराज राउतलगायत ४० भन्दा बढी नेता तथा कार्यकर्ताको सहभागिता रहेको थियो।
इन्चार्ज खड्काले साउन १८ गते हुने स्मृति सभामा शहीद परिवार, पार्टीका सम्पूर्ण नेता–कार्यकर्ता, शुभेच्छुक तथा आम नागरिकलाई उपस्थित भई कार्यक्रम सफल बनाउन हार्दिक आग्रह गर्नुभएको छ।
बोद्ले हत्याकाण्डमा सहादत प्राप्त गर्नु हुने कमरेडहरुको नाम, ठेगाना निम्न अनुसार रहेको केन्द्रिय सदस्य शंकर लामाले बताउनु भयो ।
१) नाम : तिर्थमाया वाईबा (क.चेतना) ,
जिम्मेवारी : एरिया सेक्रेटरी
ठेगाना : सिन्धुपाल्चोक, भोटेचौरक
२. नाम : टोपनाथ सापकोटा (क. ज्वाला),
जिम्मेवारी : एरिया सेक्रेटरी
ठेगान : कुभिन्डे, सिन्धुपाल्चोक
३. नाम : बेद प्रसाद शर्मा (क. योद्धा), कुभिन्डे,
जिम्मेवारी : पार्टी जिल्ला सदस्य
ठेगाना : सिन्धुपाल्चोक
४. नाम : लक्ष्मी पराजुली (क. निरज्वाला),
जिम्मेवारी : जिल्ला सदस्य
ठेगाना : मांखा, सिन्धुपाल्चोक
५. नाम : दल बहादुर तामाङ (क. शैलुङ) ,
ठेगान : दुधपोखरी , दोलखा
जिम्मेवारी : एरिया समिति सदस्य
६. नाम : दीपक थामी (क.निपेश),
ठेगाना : कालिञ्चोक, दोलखा
जिम्मेवारी: प्लाटून सदस्य
७. नाम : क. गोविन्द आचार्य,
ठेगाना : घ्याङ सुकाठोकर, दोलखा
जिम्मेवारी : एरिया सदस्य
८. नामः क. सुन्दरी चापागाईं,
ठेगाना : डाडाँखर्का , दोलखा
जिम्मेवारी : एरिया सदस्य
९. नाम : क. रण बहादुर थामी,
ठेगाना : पिस्कर, सिन्धुपाल्चोक
जिम्मेवारी : एरिया सदस्य
१०. नाम : कल्पना थामी,
ठेगाना : पिस्कर, सिन्धुपाल्चोक
जिम्मेवारी : छापामार सदस्य .
११. नाम : क. कविता थामी,
ठेगाना : धुस्कुन ,सिन्धुपाल्चोक
जिम्मेवारी : छापामार सदस्य .
१२. नाम : क. गायत्री श्रेष्ठ,
ठेगाना : धुस्कुन, सिन्धुपाल्चोक
जिम्मेवारी : छापामार सदस्य
१३. नाम : क. रेणुका तामाङ,
ठेगाना : सिन्धुपाल्चोक
जिम्मेवारी: छापामार सदस्य
१४. नाम : क. सुकमान तामाङ (क.किरण)
ठेगान : मागापौवा, दोलखा
जिम्मेवारीः जिम्मेवारी : छापामार सदस्य .
१५. नाम: क. मीना सापकोटा
ठेगान: कुभिन्डे, सिन्धुपाल्चोक
जिम्मेवारी: श्रृङ्खला साँस्कृतिक परिवारकी सदस्य
सहादत प्राप्त मिति ः २०५९ साउन १८
प्रदेश: बागमती
घट्ना स्थान :साबिक काटाकुटी गाविस –२ बोद्ले, हाल शैलुङ गाउँपालिका – ३, बोत्ले ।
यस हत्याकाण्डको ठिक एक बर्ष अर्थात वि.सं. २०६० साल साउन ३२ गते दोरम्बा काण्डमा माओवादी योद्धाहरुलाई सामुहिक हत्या गरिएको थियो ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij