नेपाल सम्वत् ११४६, दिल्लागाः १२ द्वादसी (२५ साउन, २०८३, १० अगष्ठ २०२६) सोमबार, बाँपिझ्याला । नेकपा दोलखाका नेता तथा जिल्ला प्रदेश कमिटी समन्वय समितिका सदस्य जय दाहालको पशुपति आर्यघाटमा हिन्दु धार्मिक परम्पराअनुसार अन्त्येष्टि गरिएको छ।
दोलखाको बैतेश्वर गाउँपालिका–४, कालथोक घर भई हाल काठमाडौंको काँडाघारीमा बस्दै आउनुभएका ५१ वर्षीय दाहालको हृदयघातका कारण यही २२ गते शुक्रबार निधन भएको थियो।
दाहालको पार्थिव शरीरमा नेकपा केन्द्रीय सदस्य झक्कु प्रसाद सुवेदी, राष्ट्रिय सभा सदस्य श्रीकृष्ण अधिकारी ‘विवेक’, राष्ट्रिय सभा सदस्य घनश्याम रिजाल, नेकपा दोलखा जिल्ला इन्चार्ज विशाल खड्कालगायत दोलखाका वडा तहदेखि केन्द्रीय तहसम्मका नेता तथा कार्यकर्ताले अन्तिम श्रद्धाञ्जली अर्पण गरेका थिए।
दाहालका छोराछोरी नेपालबाहिर रहेकाले उनीहरू नेपाल आएपछि मात्रै अन्त्येष्टि गर्ने पारिवारिक निर्णयअनुसार तीन दिनपछि उहाँको अन्तिम संस्कार गरिएको पारिवारिक स्रोतले जनाएको छ।
अन्तिम श्रद्धाञ्जलीका क्रममा नेकपाका नेता तथा कार्यकर्ताले दाहालको राजनीतिक तथा सामाजिक योगदानको स्मरण गर्दै उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका थिए। साथै, शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गर्दै दिवंगत दाहालको आत्माको चिरशान्तिको कामना गरिएको थियो।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij