नेपाल सम्वत् ११४६, दिल्लागाः ११ एकादशी (२४ साउन, २०८३, ९ अगष्ठ २०२६) आईतबार, बाँपिझ्याला । ३२औँ विश्व आदिवासी दिवस विभिन्न कार्यक्रम आयोजना गरी मनाईएको छ । दिवसका अवसरमा आदिवासी जनजातिको मौलिक पहिचान, भाषा, संस्कृति, परम्परा र अधिकारको संरक्षण तथा प्रवर्द्धनमा जोड दिइएको छ।
आदिवासी जनजाति समुदायले आफ्नो मौलिक संस्कृति, भाषा, परम्परा र ऐतिहासिक पहिचान संरक्षण गर्दै भावी पुस्तामा हस्तान्तरण गर्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन्। पछिल्लो समय आधुनिकीकरण र सांस्कृतिक परिवर्तनका कारण मौलिक भाषा, संस्कार तथा परम्परा क्रमशः कमजोर हुँदै गएकाले यसको संरक्षणमा राज्य, स्थानीय तह र समुदायको संयुक्त पहल आवश्यक रहेको उनीहरूको भनाइ छ।
दिवसका अवसरमा उपत्यकाको खुल्ला मञ्च लगायत देशका विभिन्न स्थानमा सांस्कृतिक झाँकी, परम्परागत भेषभूषा प्रदर्शन, अन्तरक्रिया तथा शुभकामना आदान–प्रदानलगायत कार्यक्रम आयोजना सम्पन्न गरिएको छ । कार्यक्रममा आदिवासी जनजातिको सामाजिक, आर्थिक, सांस्कृतिक तथा राजनीतिक अधिकार सुनिश्चित गर्नुपर्ने विषयसमेत उठाइएको छ।
विश्व आदिवासी दिवसले आदिवासी जनजातिको पहिचान र अधिकारको सम्मान गर्दै आफ्नो भाषा, संस्कृति र मौलिक परम्पराको संरक्षणका लागि सबैलाई थप जिम्मेवार बन्न प्रेरणा दिने अपेक्षा गरिएको छ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij