नेपाल सम्वत् ११४६, दिल्लागाः ९ नवमी (२२ साउन, २०८४, ७ अगष्ठ २०२६) शुक्रबार, बाँपिझ्याला । दोलखाको तामाकोसी नदीमा हाम फाल्दा एक महिलाको मृत्यु भएको छ। घटनापछि स्थानीयवासी र सुरक्षाकर्मीको सहयोगमा शव फेला पारिएको हो।
स्थानीयका अनुसार ती महिला बगरबास क्षेत्रमा गाडीमार्फत आइपुगेकी थिइन्। केहीबेरपछि उनी अचानक तामाकोसी नदीमा हाम फालेकी थिइन्। घटना देखेपछि स्थानीयले तत्काल प्रहरीलाई खबर गरेका थिए। त्यसपछि नेपाल प्रहरी र स्थानीयवासीको संयुक्त प्रयासमा खोजी गरी उनको शव निकालिएको जनाइएको छ।
मृतक महिलाको पहिचान हालसम्म खुल्न सकेको छैन। उनीसँग परिचय खुल्ने कुनै कागजात तत्काल फेला नपरेको र उनको पहिचान गर्ने प्रयास भइरहेको प्रहरीले जनाएको छ।
घटनाको कारण खुलेको छैन। प्रहरीले घटनास्थलको मुचुल्का उठाएर शवलाई कानुनी प्रक्रिया पूरा गर्न अस्पताल पठाउने तयारी गरेको छ। साथै महिलाको पहिचान खुलाउने तथा घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij