Aug 20 2026 | २०८३, भाद्र ४ गते

Aug 20 2026 | २०८३, भाद्र ४ गते

ग्वार्को बस दुर्घटनामा दोलखाकी जेनिशा लामाको मृत्यु, १८ जना घाइते

ग्वार्को बस दुर्घटनामा दोलखाकी जेनिशा लामाको मृत्यु, १८ जना घाइते

नेपाल सम्वत् ११४६, दिल्लागाः ८ अष्ठमी (२१ साउन, २०८४, ६ अगष्ठ २०२६) बिहीबार, बाँपिझ्याला । ललितपुरको ग्वार्कोमा कोटेश्वरबाट सातदोबाटोतर्फ जाँदै गरेको यात्रुवाहक बस दुर्घटना हुँदा दोलखाकी एक महिलाको मृत्यु भएको छ भने १८ जना घाइते भएका छन्।

बिहीबार ललितपुर महानगरपालिका–७ ग्वार्कोस्थित फ्लाइओभरको पर्खालमा बा २ ख ३५९० नम्बरको बस ठोक्किँदा शैलुङ गाउँपालिकाकी करिब ४० वर्षीया जेनिशा लामाको मृत्यु भएको प्रहरीले जनाएको छ। उनी हाल भक्तपुरको सूर्यविनायकमा बसोबास गर्दै आएकी थिइन्।

दुर्घटनाका बेला बसमा करिब ३० जना यात्रु सवार रहेको प्रहरीले जनाएको छ। दुर्घटनामा घाइते भएका १८ जनाको बी एण्ड बी अस्पताल र ग्लोबल अस्पतालमा उपचार भइरहेको छ। घाइतेमध्ये दोलखाका २४ वर्षीय विवेक दाहालको ग्लोबल अस्पतालमा उपचार भइरहेको जनाइएको छ।

दुर्घटनाग्रस्त बसका चालक काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिका–३ निवासी ३६ वर्षीय लक्षु तामाङलाई प्रहरीले नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।

बिएण्डबि हस्पिटलमा उपचाररत घाईतेहरू

१. रामेछाप घर भई हाल भक्तपुर सुर्यविनायक बस्ने वर्ष २३ की सुन्निमा योन्जन ।

२. कञ्चनपुर घर भई हाल भक्तपुर बस्ने वर्ष २४ को तुल्सी धानुक ।

३. भक्तपुरकी ४० वर्षीया कविता कार्की

४. सिन्धुली मरिन–३ घर भई हाल भक्तपुर बस्ने वर्ष ३३ को धन कुमार ढोङ ।

५. भक्तपुर ठिमि न.पा. ६ घर भई बस्ने वर्ष ३७ कि लक्ष्मी श्रेष्ठ

६. भक्तपुर चागुनारायण न.पा. ७ सरस्वतीखेल घर भई बस्ने वर्ष २४ कि रशिला दुलाल

७. भक्तपुर सरस्वतीखेल ६ बस्ने वर्ष ६० को कृष्णराम थापा (सह–चालक)

८. काभ्रे बनेपा १४ घर भई हाल भक्तपुर सरस्वतीखेल बस्ने वर्ष ४१ को अमृता कार्की ।

९ ललितपुर महालक्ष्मी न.पा. ५ घर भई बस्ने वर्ष ४० कि कबिता के.सी. ।

ग्लोबल हस्पिटल ललितपुरमा उपचारत घाइतेहरू

१. दोलखा घर भई भक्तपुर सुर्यबिनायक बस्ने वर्ष २४ को बिबेक दाहाल ।

२. सिन्धुली घर भई भक्तपुर सुर्यविनायक बस्ने वर्ष १९ को भगवती खत्री ।

३. भक्तपुर मिलनचोक घर भई बस्ने वर्ष ४७ कि चन्दानाथ सिंह ।

४. भक्तपुर घर भई बस्ने वर्ष २८ कि जुनु सिल्पकार ।

५. ललितपुर महालक्ष्मीस्थान बस्ने वर्ष ४९ कि तुल्सी देवी खड्का ।

६. मोहत्तरी घर भई हाल भक्तपुर गठ्ठाघर वस्ने बर्ष २१ कि अन्जु साह ।

७. कठमाडौं ठमेल घर भई सूर्यविनायक बस्ने वर्ष २७ को आशुतोष श्रेष्ठ

८. सिन्धुपालचोक घर भई हाल ललितपुर भैसिपाटी बस्ने वर्ष ३६ कि स्तर देउजा ।

९. भारत देश घर भई हाल भक्तपुर कौशलटार बस्ने वर्ष ४५ को मोहम्द समिम । रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार