Aug 19 2026 | २०८३, भाद्र ३ गते

Aug 19 2026 | २०८३, भाद्र ३ गते

प्रधानमन्त्री बालेन शाहले बोलाए मन्त्रिपरिषद् बैठक, नियमित कामकारबाहीबारे छलफल हुने

प्रधानमन्त्री बालेन शाहले बोलाए मन्त्रिपरिषद् बैठक, नियमित कामकारबाहीबारे छलफल हुने

नेपाल सम्वत् ११४६, दिल्लागाः ७ अष्टमी (२० साउन, २०८४, ५ अगष्ठ २०२६) बुधबार, बाँपिझ्याला । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले बुधबार मन्त्रिपरिषद् बैठक बोलाउनुभएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज दिउँसो साढे ११ बजे बस्ने गरी बैठक बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

बैठकमा सरकारका नियमित कामकारबाही, प्रशासनिक विषय तथा समसामयिक निर्णयहरूबारे छलफल हुने बताइएको छ। मन्त्रिपरिषद् बैठकले आवश्यक निर्णयहरू गर्ने जनाइएको छ।

प्रधानमन्त्री शाहले सरकारको नियमित कार्यसम्पादनलाई अघि बढाउन मन्त्रिपरिषद् बैठकमार्फत विभिन्न मन्त्रालयका कामको समीक्षा र आवश्यक निर्णय गर्दै आउनुभएको छ।

 
 
 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार