नेपाल सम्वत् ११४६, दिल्लागाः ६ षष्ठी (१९ साउन, २०८४, ४ अगष्ठ २०२६) मंगलबार, बाँपिझ्याला । प्रधानमन्त्री बालेन शाह र गृहमन्त्री सुधन गुरुङबीच मंगलबार भेटवार्ता भएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको भेटमा तराई–मधेशको पछिल्लो सुरक्षा अवस्था र विकसित घटनाक्रमबारे विस्तृत छलफल भएको प्रधानमन्त्री कार्यालय स्रोतले जनाएको छ।
स्रोतका अनुसार गृहमन्त्री गुरुङले स्वयं मधेश क्षेत्रमा पुगेर सुरक्षा अवस्थाको अनुगमन तथा समन्वय गरेकाले त्यहाँको वस्तुस्थितिबारे प्रधानमन्त्री शाहलाई ब्रिफिङ गरेका थिए। भेटमा तराई–मधेशमा भएको हिंसात्मक घटनादेखि हालसम्म स्थिति सामान्य बन्दै गएको अवस्थाबारे जानकारी गराइएको थियो।
त्यसक्रममा आगामी दिनमा शान्ति–सुरक्षा कायम राख्न अपनाउनुपर्ने रणनीति र आवश्यक सुरक्षा व्यवस्थाबारे पनि सामान्य छलफल भएको बताइएको छ।
गत साउन १० गते राति सुनसरीको कप्तानगञ्जमा दुई समुदायबीच विवाद भएपछि झडप भएको थियो। झडप नियन्त्रणका क्रममा सुरक्षाकर्मीले चलाएको गोली लागेर एक जनाको घटनास्थलमै मृत्यु भएको थियो। सोही घटनामा घाइते भएका थप दुई जनाको उपचारका क्रममा ज्यान गएको थियो।
सुनसरीको घटनापछि तनाव अन्य जिल्लासम्म फैलिएको थियो। सिरहामा पनि प्रदर्शनका क्रममा गोली लागेर एक जनाको मृत्यु भएको थियो। त्यसपछि स्थिति नियन्त्रणमा लिन नेपाल प्रहरीले, सशस्त्र प्रहरी बल र नेपाली सेनासमेत परिचालन गरिएको थियो।
यही घटनाक्रमको पछिल्लो अवस्था, सुरक्षा चुनौती र भावी रणनीतिबारे प्रधानमन्त्री र गृहमन्त्रीबीच छलफल भएको प्रधानमन्त्री कार्यालयले जनाएको छ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij