नेपाल सम्वत् ११४६, दिल्लागाः ३ तृर्तिया (१६ साउन, २०८४, १ अगष्ठ २०२६) शनिवार, बाँपिझ्याला । २४औँ बोद्ले स्मृति दिवस यही साउन १८ गते काठमाडौंको बानेश्वरस्थित काठमाडौं ब्याङ्क्वेट हलमा आयोजना हुने भएको छ।
नेपाली कम्युनिस्ट पार्टीका संयोजक प्रचण्ड, सह–संयोजक माधवकुमार नेपाल तथा नेकपा एमालेका महासचिव शंकर पोखरेलको विशेष आतिथ्यतामा कार्यक्रम सम्पन्न हुने आयोजकले जनाएको छ।
सहिदहरूको योगदानको स्मरण तथा सम्मानका लागि आयोजना गरिएको उक्त कार्यक्रममा विभिन्न राजनीतिक दलका नेता, सहिद परिवार, शुभेच्छुक तथा सर्वसाधारणको सहभागिता रहने अपेक्षा गरिएको छ।
नेकपा दोलखा जिल्ला ईञ्चार्ज विशाल खड्काले कार्यक्रममा सहभागी भई सहिदप्रति सम्मान व्यक्त गर्न सबैलाई आग्रह गरेको छ। साथै, कार्यक्रमलाई थप भव्य, मर्यादित र प्रभावकारी बनाउन कार्यक्रमसम्बन्धी जानकारी व्यापक रूपमा साझा गरिदिन पनि अनुरोध गरिएको छ।
बोद्ले घटनामा ज्यान गुमाएका सहिदहरूको स्मृतिलाई जीवित राख्ने उद्देश्यले प्रत्येक वर्ष स्मृति दिवस मनाउँदै आइएको आयोजकको भनाइ छ। कार्यक्रममा सहिदहरूको योगदानको स्मरण, श्रद्धाञ्जली अर्पण तथा समसामयिक विषयमा नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको छ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij