नेपाल सम्वत् ११४६, दिल्लागाः ३ तृर्तिया (१६ साउन, २०८४, १ अगष्ठ २०२६) शनिवार, बाँपिझ्याला । प्रधानमन्त्री बालेन्द्र शाहले पाकिस्तानको ८,०५१ मिटर अग्लो ब्रोड पिक हिमालमा हिमपहिरोका कारण ज्यान गुमाएका विश्व कीर्तिमानी नेपाली पर्वतारोही निर्मल पुर्जा (निम्स दाइ) सहित सम्पूर्ण नेपाली आरोहीप्रति गहिरो श्रद्धाञ्जली व्यक्त गरेका छन्।
शनिबार सामाजिक सञ्जाल फेसबुकमार्फत शोक सन्देश जारी गर्दै प्रधानमन्त्री शाहले आरोहण केवल शिखर चुम्ने यात्रा नभई साहस, अनुशासन, त्याग र मानवीय सीमालाई चुनौती दिने अदम्य आत्मविश्वासको सर्वोच्च अभिव्यक्ति भएको उल्लेख गरेका छन्। उनले हिमालले धेरैलाई सफलताको गौरव दिलाउने भए पनि कहिलेकाहीँ आफ्नै काखमा सधैँका लागि अँगालेर राख्ने भन्दै हिमालसँग जोडिएको कठोर यथार्थ स्मरण गराएका छन्।
प्रधानमन्त्री शाहले पाकिस्तानको काराकोरम पर्वतशृङ्खलामा रहेको विश्वको १२औँ अग्लो हिमाल ब्रोड पिकमा भएको हिमपहिरोमा विश्व कीर्तिमानी आरोही निर्मल पुर्जा (निम्स दाइ) सहित अन्य आरोहीहरूको दुःखद निधनले आफू स्तब्ध भएको बताएका छन्।
उनले दिवङ्गत आरोहीहरूको भौतिक यात्रा समाप्त भए पनि उनीहरूको साहस, समर्पण र योगदानको इतिहास सधैँ प्रेरणादायी र अमर रहने विश्वास व्यक्त गरेका छन्।
साथै प्रधानमन्त्री शाहले निर्मल पुर्जा (निम्स दाइ) सहित दुर्घटनामा ज्यान गुमाएका सम्पूर्ण आरोहीहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजन, आफन्त तथा शुभेच्छुकहरूप्रति गहिरो समवेदना व्यक्त गरेका छन्।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij