Aug 19 2026 | २०८३, भाद्र ३ गते

Aug 19 2026 | २०८३, भाद्र ३ गते

सरकारको ठूलो कदम: ९ विधेयक अघि बढाउने मन्त्रिपरिषद्को निर्णय

सरकारको ठूलो कदम: ९ विधेयक अघि बढाउने मन्त्रिपरिषद्को निर्णय

नेपाल सम्वत् ११४६, दिल्लाथ्वः १५ पूर्णिमा (१३ साउन, २०८४, २९ जुलाई, २०२६) बुधबार, बाँपिझ्याला । सरकारले बुधबार बसेको मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरू सार्वजनिक गरेको छ। सरकारका प्रवक्ता सस्मित पोखरेलले बैठक सम्पन्न भएलगत्तै निर्णयहरू सार्वजनिक गर्दै विभिन्न ९ वटा विधेयक संघीय संसद्मा पेश गर्न स्वीकृति दिइएको जानकारी दिए।

बैठकले संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक, सेवा, शर्त तथा सुविधासम्बन्धी ऐन–२०५३ संशोधन गर्ने विधेयक, खानी तथा खनिज पदार्थसम्बन्धी कानुन संशोधन तथा एकीकरण गर्ने विधेयक, संक्रामक पशुरोग नियन्त्रणसम्बन्धी विधेयक, राहदानी ऐन–२०७६ संशोधन विधेयक, मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणसम्बन्धी पहिलो संशोधन विधेयक, बालश्रम निषेध तथा नियमनसम्बन्धी विधेयक, आन्तरिक वायुसेवाको दायित्वसम्बन्धी विधेयक, मेलमिलापसम्बन्धी ऐन–२०६८ संशोधन विधेयक तथा निजामती कर्मचारीसम्बन्धी ऐन–२०१९ संशोधन विधेयक संघीय संसद्मा पेश गर्न स्वीकृति दिएको छ।

यस्तै, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशक वा निजले तोकेको अधिकृतलाई विदेशी विनियमसम्बन्धी कसुरको अनुसन्धान अधिकारी तोक्ने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको छ।

बैठकले समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको सदस्यमा सिन्धुलीका ऐडराज दाहाललाई मनोनयन गर्ने तथा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) छैटौँ संशोधन नियमावली–२०८३ स्वीकृत गर्ने निर्णयसमेत गरेको सरकारले जनाएको छ।

सरकारले यी निर्णयहरू कानुनी, प्रशासनिक तथा सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने उद्देश्यले गरिएको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार