नेपाल सम्वत् ११४६, दिल्लाथ्वः १५ पूर्णिमा (१३ साउन, २०८४, २९ जुलाई, २०२६) बुधबार, बाँपिझ्याला । राष्ट्रिय सभा सदस्य घनश्याम रिजाल र प्रतिनिधि सभा सदस्य जगदीश खरेलबीच दोलखा जिल्लालाई धार्मिक पर्यटनको प्रमुख गन्तव्यका रूपमा विकास गर्ने विषयमा विस्तृत छलफल भएको छ। छलफलमा दोलखाको धार्मिक, सांस्कृतिक तथा प्राकृतिक सम्पदालाई व्यवस्थित रूपमा संरक्षण, प्रवर्द्धन र प्रचार–प्रसार गर्दै आन्तरिक तथा बाह्य पर्यटकको आगमन उल्लेखनीय रूपमा वृद्धि गर्ने रणनीतिमा जोड दिइएको छ।
भेटवार्ताका क्रममा विश्वप्रसिद्ध भीमेश्वर मन्दिर, कालिञ्चोक भगवती मन्दिर, शैलुङ क्षेत्र, विभिन्न गुम्बा तथा अन्य धार्मिक एवं प्राकृतिक पर्यटकीय स्थलहरूको समग्र विकास गरी दोलखालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा आकर्षक धार्मिक पर्यटन केन्द्रका रूपमा स्थापित गर्ने विषयमा विचार आदान–प्रदान भएको जनाइएको छ।
सांसदद्वयले धार्मिक सम्पदाको संरक्षणसँगै पर्यटन पूर्वाधार विकासलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिएका छन्। सडक, खानेपानी, सरसफाइ, आवास, सूचना केन्द्र, पार्किङ स्थल, पदमार्गलगायतका आवश्यक पूर्वाधार निर्माण गरी पर्यटकमैत्री वातावरण सिर्जना गर्नुपर्ने उनीहरूको धारणा रहेको छ।
त्यसैगरी, निजी क्षेत्रसँग सहकार्य गर्दै स्थानीय उत्पादन, संस्कृति, परम्परा तथा धार्मिक गतिविधिलाई पर्यटनसँग जोडेर स्थानीय समुदायको आयआर्जन र रोजगारीका अवसर विस्तार गर्नुपर्ने विषयमा पनि छलफल भएको छ।
छलफलमा संघ, प्रदेश र स्थानीय तहबीच प्रभावकारी समन्वय गरी आवश्यक बजेट, योजना तथा नीतिगत सहजीकरणमार्फत दोलखाको धार्मिक पर्यटन क्षेत्रलाई दीर्घकालीन रूपमा विकास गर्ने र आधुनिक प्रचार–प्रसार अभियान सञ्चालन गरी देश–विदेशका पर्यटक आकर्षित गर्ने विषयमा समेत छलफल भएको थाहा भएको छ ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij