नेपाल सम्वत् ११४६, दिल्लाथ्वः १४ चतुर्दशी (१२ साउन, २०८३, २८ जुलाई, २०२६) मंगलबार, बाँपिझ्याला । नेपाली कांग्रेसका वरिष्ठ नेता तथा पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठको निधन भएको छ। लामो समयदेखि क्यान्सर रोगबाट पीडित रहेका श्रेष्ठको उपचारका क्रममा मंगलबार निधन भएको हो। केही दिनअघि मात्रै नेपाली कांग्रेसले उनलाई पार्टीको वरिष्ठ नेताको जिम्मेवारी दिएको थियो।
स्याङ्जाका स्थायी बासिन्दा श्रेष्ठ नेपाली कांग्रेसका पूर्वउपसभापति, कार्यवाहक सभापति तथा उपप्रधानमन्त्री एवं शिक्षामन्त्रीको जिम्मेवारीसमेत सम्हालिसकेका नेता हुन्। पार्टी संगठन निर्माण, लोकतान्त्रिक आन्दोलन तथा राष्ट्रिय राजनीतिमा उनले पुर्याएको योगदानलाई कांग्रेस वृत्तमा महत्त्वपूर्ण रूपमा स्मरण गरिन्छ।
उनको निधनप्रति नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताले गहिरो दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरेका छन्। पार्टीले श्रद्धाञ्जली तथा अन्त्येष्टिसम्बन्धी कार्यक्रमको विवरण सार्वजनिक गर्ने तयारी गरेको जनाएको छ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij