नेपाल सम्वत् ११४६, दिल्लाथ्वः १४ चतुर्दशी (१२ साउन, २०८३, २८ जुलाई, २०२६) मंगलबार, बाँपिझ्याला । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले सुनसरीको देवानगञ्जमा भएको गोलीकाण्डको सम्पूर्ण जिम्मेवारी सरकारले लिनुपर्ने माग गरेको छ। मंगलबार प्रवक्ता प्रकाश ज्वालाद्वारा जारी विज्ञप्तिमा नियम–कानुनको उल्लंघन गर्दै जथाभावी गोली चलाएर एक नागरिकको ज्यान लिने र अन्यलाई गम्भीर घाइते बनाउने घटना सरकारको गम्भीर असफलताको परिणाम भएको उल्लेख गरिएको छ।
नेकपाले प्रहरीले समन्वय, संयमता र जिम्मेवारीका साथ परिस्थिति नियन्त्रण गर्नुपर्नेमा अन्धाधुन्ध गोली चलाउनु गम्भीर सुरक्षा लापरबाही भएको जनाएको छ। घटनाको स्वतन्त्र, निष्पक्ष र विश्वसनीय छानबिन गरी दोषीमाथि कडा कानुनी कारबाही गर्न, मृतकका परिवारलाई तत्काल राहत र क्षतिपूर्ति उपलब्ध गराउन तथा घाइतेहरूको निःशुल्क र प्रभावकारी उपचारको व्यवस्था गर्न पार्टीले सरकारसँग माग गरेको छ।
विज्ञप्तिमा घटनास्थलका सुरक्षा निकाय नेतृत्वविहीन रहनु पनि सुरक्षा व्यवस्थाको गम्भीर कमजोरी भएको उल्लेख गर्दै सरकारी निकायको गैरजिम्मेवार रवैयाका कारण परिस्थिति थप भड्किएको र नागरिकले ज्यान गुमाउनुपरेको आरोप लगाइएको छ।
नेकपाले उक्त घटनालाई गम्भीर मानवअधिकार उल्लंघन तथा गैरन्यायिक हत्याको उदाहरण भएको दाबी गर्दै नागरिकमाथि अन्धाधुन्ध गोली चलाइएको घटनाको कडा शब्दमा भर्त्सना गरेको छ।
उल्लेखनीय छ, साउन १० गते राति सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा प्रहरीले चलाएको गोली लागेर २४ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको थियो भने घटनामा अन्य केही व्यक्ति घाइते भएका छन्।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij