Aug 20 2026 | २०८३, भाद्र ४ गते

Aug 20 2026 | २०८३, भाद्र ४ गते

दुग्ध उत्पादन बढाउन गण्डकीको पहल, किसानलाई रु ५.५८ करोड सहयोग

दुग्ध उत्पादन बढाउन गण्डकीको पहल, किसानलाई रु ५.५८ करोड सहयोग

नेपाल सम्वत् ११४६, दिल्लाथ्वः १३ त्रयोदशी (११ साउन, २०८३, २७ जुलाई, २०२६) सोमबार, बाँपिझ्याला । गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०८२/८३ मा दुग्ध उत्पादनलाई प्रोत्साहन गर्न ११ हजार २३२ किसानलाई कुल रु पाँच करोड ५८ लाख प्रोत्साहन रकम वितरण गरेको छ।

कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका अनुसार मापदण्ड पूरा गरेका दुग्ध सहकारीमार्फत किसानलाई उक्त सहयोग उपलब्ध गराइएको हो। मन्त्रालयका वरिष्ठ पशु विकास अधिकृत डा. शोभा शर्माका अनुसार दैनिक कम्तीमा २०० लिटर र वार्षिक २०० दिन दूधको कारोबार गर्ने सहकारी संस्थाले प्रोत्साहन रकम प्राप्त गर्न सक्ने व्यवस्था छ।

प्रोत्साहन रकम पाउन किसानले प्रत्येक आर्थिक वर्षमा कम्तीमा ३० दिन सहकारीमार्फत दूध बिक्री गरेको हुनुपर्ने मापदण्ड छ। एउटै सहकारी संस्थाले अधिकतम रु १७ लाख ५० हजारसम्म प्रोत्साहन सहयोग प्राप्त गर्न सक्ने व्यवस्था रहेको मन्त्रालयले जनाएको छ।

किसानलाई प्रतिलिटर दूधमा रु पाँचका दरले प्रोत्साहन रकम उपलब्ध गराइने भए पनि केही सहकारीमा माग बढी हुँदा प्रतिलिटर प्राप्त हुने रकम केही कम हुने गरेको डा. शर्माले बताउनुभयो।

सहकारी संस्थाले प्राप्त गरेको कुल प्रोत्साहन रकममध्ये चार प्रतिशत कार्यक्रम सञ्चालन तथा व्यवस्थापनका लागि राख्न पाउने र बाँकी ९६ प्रतिशत रकम किसानलाई वितरण गर्नुपर्ने व्यवस्था रहेको मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार