Aug 20 2026 | २०८३, भाद्र ४ गते

Aug 20 2026 | २०८३, भाद्र ४ गते

ट्रम्पले तत्काल इरानविरुद्ध थप सैन्य कारबाही नगर्ने निर्णय

ट्रम्पले तत्काल इरानविरुद्ध थप सैन्य कारबाही नगर्ने निर्णय

नेपाल सम्वत् ११४६, दिल्लाथ्वः १२ द्वादसी (१० साउन, २०८३, २६ जुलाई, २०२६) आईतबार, बाँपिझ्याला । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले तत्कालका लागि इरानविरुद्ध थप सैन्य कारबाही अघि नबढाउने निर्णय गरेको अमेरिकी सञ्चारमाध्यमहरूले जनाएका छन्। द न्यूयोर्क टाइम्स, सीएनएन र एसोसिएटेड प्रेस (एपी) का अनुसार ट्रम्प प्रशासनले हालका लागि इरानमाथि नयाँ आक्रमण नगर्ने नीति अपनाएको हो।

यो निर्णय अमेरिकाले करिब दुई सातापछि गत शुक्रबार राति इरानमाथि हवाई आक्रमण गरेलगत्तै आएको हो। शनिबार रातिसम्म इरानविरुद्ध कुनै नयाँ अमेरिकी सैन्य आक्रमण भएको विवरण सार्वजनिक भएको छैन।

रिपोर्टअनुसार ट्रम्प प्रशासनले शुक्रबार नै सैन्य कारबाही विस्तार नगर्ने निष्कर्ष निकालेको थियो। यसको प्रमुख कारणमध्ये अमेरिकी सेनासँग रहेको प्याट्रियट वायु रक्षा प्रणालीका मिसाइलहरूको मौज्दात घट्दै जानु रहेको बताइएको छ।

त्यसैगरी, फारसको खाडी क्षेत्रमा रहेका अमेरिकी साझेदार अरब राष्ट्रहरूमा सम्भावित असन्तुष्टि बढ्न सक्ने चिन्ताले पनि यो निर्णयमा प्रभाव पारेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन्।

यद्यपि, ह्वाइट हाउसले यी समाचारहरूको आधिकारिक पुष्टि गरेको छैन। ह्वाइट हाउसका अनुसार राष्ट्रपति ट्रम्पले सधैं कूटनीतिक समाधानलाई प्राथमिकता दिँदै आएको र तनाव थप बढ्न नदिन संवादलाई नै उचित विकल्प मान्दै आएको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार