नेपाल सम्वत् ११४६, दिल्लाथ्वः १२ द्वादसी (१० साउन, २०८३, २६ जुलाई, २०२६) आईतबार, बाँपिझ्याला । त्रिभुवन विश्वविद्यालयले एमबीए प्रथम सत्रको प्रश्नपत्र बाहिरिएको घटनाबारे छानबिन गर्न समिति गठन गरेको छ।
त्रिवि व्यवस्थापन संकाय डीनको कार्यालयअन्तर्गतको परीक्षा सञ्चालन समितिले घटनाको सत्यतथ्य पत्ता लगाउन समिति बनाएको हो।
डीन कार्यालयले जारी गरेको विज्ञप्तिमा परीक्षा सञ्चालनकै क्रममा विभिन्न सामाजिक सञ्जालमार्फत प्रश्नपत्र सार्वजनिक भएपछि परीक्षाको मर्यादा र विश्वसनीयतामाथि गम्भीर प्रश्न उठेकाले यसप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरिएको छ।
गत साउन ८ गते एमजीटी विषयको प्रश्नपत्र परीक्षा सञ्चालन भइरहेकै बेला सामाजिक सञ्जालमा बाहिरिएको थियो। त्यस घटनापछि विश्वविद्यालयले छानबिन प्रक्रिया अघि बढाएको जनाएको छ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij