Aug 19 2026 | २०८३, भाद्र ३ गते

Aug 19 2026 | २०८३, भाद्र ३ गते

गगन थापाको भारत भ्रमण अन्तिम समयमा स्थगित

गगन थापाको भारत भ्रमण अन्तिम समयमा स्थगित

नेपाल सम्वत् ११४६, दिल्लाथ्वः १२ द्वादसी (१० साउन, २०८३, २६ जुलाई, २०२६) आईतबार, बाँपिझ्याला । नेपाली कांग्रेसका सभापति गगन थापाको भारत भ्रमण अन्तिम समयमा स्थगित भएको छ। शनिबार भारत जाने तयारी गरेका थापाको भ्रमण पहिलो चरणमा आइतबारका लागि सारिएको थियो। तर, आइतबार पनि उनी भारत नजाने भएका हुन्।

भारतको नयाँदिल्लीमा नेपाली कांग्रेसको जनसम्पर्क समितिको अधिवेशन आयोजना गरिएको छ। उक्त कार्यक्रममा थापालाई प्रमुख अतिथिका रूपमा आमन्त्रण गरिएको थियो र उनी सहभागी हुने तयारीमा पनि थिए। तर अन्तिम समयमा उनले भ्रमण स्थगित गर्ने निर्णय गरेका हुन्।

कांग्रेसका प्रवक्ता देवराज चालिसेका अनुसार थापाको भारत भ्रमण ‘नितान्त आन्तरिक र प्राविधिक कारण’ले स्थगित गरिएको हो। उनले भ्रमणको नयाँ मिति भने हालसम्म तय नभएको जानकारी दिएका छन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार