नेपाल सम्वत् ११४६, दिल्लाथ्वः १२ द्वादसी (१० साउन, २०८३, २६ जुलाई, २०२६) आईतबार, बाँपिझ्याला । प्रतिनिधिसभा सदस्य जगदीश खरेलले दोलखाको जिरी–पुम्पा सडक निर्माण कार्यलाई उच्च प्राथमिकतामा राखेर शीघ्र अघि बढाउन भौतिक पूर्वाधार तथा यातायात मन्त्रीसमक्ष आग्रह गर्नुभएको छ।
मन्त्रीसँगको भेटमा सांसद खरेलले जिरी क्षेत्रका स्थानीयवासीका लागि उक्त सडक जीवनरेखाका रूपमा रहेको उल्लेख गर्दै निर्माण कार्यमा भइरहेको ढिलाइले जनताले सास्ती भोग्नुपरेको बताए। उहाँले सडकको स्तरोन्नति र निर्माणलाई तीव्रता दिन आवश्यक बजेट तथा स्रोत–साधनको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो।
सांसद खरेलले जिरी–पुम्पा सडक निर्माण सम्पन्न भए पर्यटन, कृषि तथा स्थानीय आर्थिक गतिविधिमा उल्लेखनीय टेवा पुग्ने भन्दै विकासका दृष्टिले पनि यो सडक अत्यन्त महत्वपूर्ण रहेको बताउनुभयो।
भेटका क्रममा मन्त्रीले सडक निर्माणको अवस्थाबारे जानकारी लिँदै आवश्यक समन्वय र स्रोत व्यवस्थापनमार्फत परियोजनालाई अघि बढाउने प्रतिबद्धता व्यक्त गरेको जनाइएको छ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij