नेपाल सम्वत् ११४६, दिल्लाथ्वः १२ द्वादसी (१० साउन, २०८३, २६ जुलाई, २०२६) आईतबार, बाँपिझ्याला । दोलखा सदरमुकाम चरिकोटस्थित लालिगुँरास युवा क्लबको वार्षिक साधारण सभा तथा १३औँ अधिवेशनले प्रविण श्रेष्ठलाई पुनः अध्यक्षमा चयन गर्दै नयाँ कार्यसमिति गठन गरेको छ।
अधिवेशनबाट उपाध्यक्षमा मनोजकुमार श्रेष्ठ, सचिवमा मनकुमार (बिपिन) श्रेष्ठ, सह–सचिवमा सुनिल श्रेष्ठ तथा कोषाध्यक्षमा श्रीराम श्रेष्ठ निर्वाचित भएका छन्।
यस्तै, सदस्यहरूमा दतिराम श्रेष्ठ, डेनिस शिवाकोटी, राजेन्द्र भुजेल, प्रज्वल श्रेष्ठ, सुशील श्रेष्ठ, सुजन प्रधान र राजकुमार वस्नेत चयन भएका छन्। क्लबका सचिव मनकुमार श्रेष्ठका अनुसार १५ सदस्यीय कार्यसमितिमा बाँकी तीन सदस्यलाई पछि मनोनयन गरिनेछ।
क्लबका अध्यक्ष प्रविण श्रेष्ठको सभापतित्वमा सम्पन्न उद्घाटन कार्यक्रममा भीमेश्वर नगरपालिका–३ का वडा अध्यक्ष हरिशरण शिवाकोटी, क्लबका सल्लाहकार नारायण भक्त श्रेष्ठ तथा चिरञ्जीवी मास्केले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।
कार्यक्रममा सचिव मनकुमार (बिपिन) श्रेष्ठले क्लबको वार्षिक सांगठनिक तथा आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै आगामी कार्ययोजना र युवामुखी गतिविधिलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए। अधिवेशनले युवाको नेतृत्व विकास, सामाजिक सेवा तथा खेलकुद र सांस्कृतिक गतिविधिलाई निरन्तरता दिने उद्देश्यसहित नयाँ नेतृत्व चयन गरेको क्लबले जनाएको छ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij