Aug 19 2026 | २०८३, भाद्र ३ गते

Aug 19 2026 | २०८३, भाद्र ३ गते

पाँच प्रदेशमा एमाले–नेकपा गठबन्धन सरकार, मधेश र गण्डकीमा थप परामर्शपछि निर्णय

पाँच प्रदेशमा एमाले–नेकपा गठबन्धन सरकार, मधेश र गण्डकीमा थप परामर्शपछि निर्णय

नेपाल सम्वत् ११४६, दिल्लाथ्वः ११ एकादशी (९ साउन, २०८३, २५ जुलाई, २०२६) शनिवार, बाँपिझ्याला । नेकपा (एमाले) र नेकपाले प्रदेश सरकारमा सहकार्य गर्दै संयुक्त सरकार गठन गर्ने सहमति गरेका छन्। शनिबार एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा संयोजक पुष्पकमल दाहालबीच भएको सहमतिअनुसार पाँच प्रदेशमा दुवै दलबीच सत्ता साझेदारी हुने भएको हो।

सहमतिअनुसार कोशी, बागमती र लुम्बिनी प्रदेशमा एमालेले सरकारको नेतृत्व गर्नेछ भने कर्णाली र सुदूरपश्चिम प्रदेशमा नेकपाले नेतृत्व गर्नेछ। मधेश र गण्डकी प्रदेशमा भने अन्य राजनीतिक दलसँग परामर्श गरी सरकारको नेतृत्व र सहभागिताको स्वरूप तय गरिने उल्लेख गरिएको छ।

मधेश र गण्डकी प्रदेशमा हाल नेपाली कांग्रेसको नेतृत्वमा सरकार रहेकाले ती प्रदेशमा एमाले र नेकपाको मात्र समर्थनले सरकार गठन गर्न पर्याप्त संख्या नपुग्ने अवस्था रहेको छ। त्यसैले अन्य दलसँग सहकार्यको सम्भावना खोजिने जनाइएको छ।

दुवै दलले प्रदेश सरकारमा सहकार्यलाई राजनीतिक स्थिरता कायम गर्ने महत्त्वपूर्ण कदमका रूपमा व्याख्या गरेका छन्। सहमतिपत्रमा पछिल्लो समय प्रदेशसभामा बजेट निर्माणका क्रममा देखिएको असमझदारी, बजेटविहीनताको अवस्था तथा अस्वस्थ राजनीतिक प्रतिस्पर्धाबाट सिर्जित समस्याको समाधान गर्दै सुशासन, समृद्धि र प्रादेशिक विकासलाई गति दिने उद्देश्यले संयुक्त रूपमा अघि बढ्ने उल्लेख गरिएको छ।

यो सहमतिसँगै प्रदेश सरकारको सत्ता समीकरणमा नयाँ परिवर्तन आउने संकेत देखिएको छ। गठबन्धन कार्यान्वयनसँगै आगामी दिनमा प्रदेश सरकारहरूको नेतृत्व र संरचनामा व्यापक फेरबदल हुने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार