Aug 19 2026 | २०८३, भाद्र ३ गते

Aug 19 2026 | २०८३, भाद्र ३ गते

भारतका शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामा

भारतका शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामा

नेपाल सम्वत् ११४६, दिल्लाथ्वः ११ एकादशी (९ साउन, २०८३, २५ जुलाई, २०२६) शनिवार, बाँपिझ्याला । भारतका शिक्षामन्त्री धर्मेन्द्र प्रधानले पदबाट राजीनामा दिएका छन्। NEET पेपर लिक प्रकरणलाई लिएर झण्डै एक महिनादेखि दिल्लीको जन्तर–मन्तर तथा भारतका विभिन्न राज्यमा उनको राजीनामाको माग गर्दै प्रदर्शन भइरहेको थियो।

प्रधानले सामाजिक सञ्जाल एक्स मार्फत राजीनामाको घोषणा गर्दै देशको वर्तमान परिस्थितिको दुरुपयोग राष्ट्रविरोधी शक्तिहरूले नगरून्, देशको एकता कायम रहोस् र कुनै पनि विद्यार्थीको भविष्य कानूनी जटिलतामा नपरोस् भन्ने उद्देश्यले प्रधानमन्त्रीलाई आफ्नो राजीनामा बुझाएको बताएका छन्। उनले विद्यार्थीहरू अध्ययन र करियर निर्माणमा केन्द्रित हुन सकून् भन्ने अपेक्षा पनि व्यक्त गरेका छन्।

यसअघि भारतीय राष्ट्रिय कांग्रेससहित विपक्षी दलहरूले पनि NEET पेपर लिक प्रकरणको नैतिक जिम्मेवारी लिँदै शिक्षामन्त्री प्रधानले पदबाट राजीनामा दिनुपर्ने माग गर्दै आएका थिए।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार