Aug 20 2026 | २०८३, भाद्र ४ गते

Aug 20 2026 | २०८३, भाद्र ४ गते

रास्वपा सभापति रवि लामिछाने चीन भ्रमणमा जाने तयारी

रास्वपा सभापति रवि लामिछाने चीन भ्रमणमा जाने तयारी

नेपाल सम्वत् ११४६, दिल्लाथ्वः ९ नवमी (७ साउन, २०८३, २३ जुलाई, २०२६) बिहीबार, बाँपिझ्याला । रवि लामिछाने चिनियाँ कम्युनिष्ट पार्टीको निमन्त्रणामा चीन भ्रमणमा जाने तयारीमा रहेका छन्। उनको भ्रमण पार्टीगत भए पनि आवश्यक समन्वय नेपालको परराष्ट्र मन्त्रालय ले गरिरहेको मन्त्रालय स्रोतले जनाएको छ।

परराष्ट्र मन्त्रालयका एक सहसचिवका अनुसार भ्रमण साउनमा हुने वा भदौमा हुने भन्ने विषयमा अझै अन्तिम निर्णय भएको छैन। दुवै पक्षबीचको समन्वयपछि मिति तय गरिने भए पनि औपचारिक मिति भने सरकारी तहबाट नभई पार्टी तहबाट सार्वजनिक गरिने बताइएको छ।

यसअघि सभापति लामिछानेले भारतीय जनता पार्टी को निमन्त्रणामा पाँच दिने भारत भ्रमण पूरा गरी जेठ २२ गते स्वदेश फर्किएका थिए। भारत भ्रमणपछि नै उनलाई चिनियाँ कम्युनिष्ट पार्टीबाट चीन भ्रमणको निमन्त्रणा प्राप्त भएको थियो।

उक्त निमन्त्रणाअनुसार उनी चीन भ्रमणमा जान लागेका हुन्। यसअघि रास्वपाका विदेश विभाग प्रमुखसमेत रहेका परराष्ट्रमन्त्री शिशिर खनालले जेठको अन्तिम साता चीन भ्रमण गरेका थिए।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार