Aug 19 2026 | २०८३, भाद्र ३ गते

Aug 19 2026 | २०८३, भाद्र ३ गते

बागमती सरकारबाट एमालेका सबै मन्त्रीको सामूहिक राजीनामा

बागमती सरकारबाट एमालेका सबै मन्त्रीको सामूहिक राजीनामा

नेपाल सम्वत् ११४६, दिल्लाथ्वः ८ औसी (६ साउन, २०८३, २२ जुलाई, २०२६) बुधबार, बाँपिझ्याला । बागमती प्रदेश सरकारमा सहभागी नेकपा (एमाले) का सबै मन्त्रीहरूले सामूहिक रूपमा राजीनामा दिएका छन्।

एमाले बागमती प्रदेश सभा संसदीय दलका नेता जगन्नाथ थपलियाले मुख्यमन्त्रीलाई सम्बोधन गर्दै पत्रमार्फत सरकारमा रहेका एमालेका मन्त्रीहरूले सामूहिक राजीनामा दिएको जानकारी गराएका हुन्।

पत्रमा नेपालको संविधानको धारा १६८ को उपधारा (२), नेकपा (एमाले) को निर्णय तथा वर्तमान राजनीतिक परिस्थितिलाई दृष्टिगत गर्दै सरकारमा सहभागी मन्त्रीहरूले आजकै मितिदेखि लागू हुने गरी पदबाट संयुक्त रूपमा राजीनामा दिएको उल्लेख गरिएको छ।

एमाले संसदीय दलका नेता थपलियाले मन्त्रीहरूले पेश गरेको राजीनामा स्वीकृत गरी आवश्यक संवैधानिक तथा कानुनी प्रक्रिया अगाडि बढाइदिन मुख्यमन्त्रीसँग अनुरोध गरेका छन्। राजीनामापत्र समेत सोही पत्रसँग संलग्न गरिएको जनाइएको छ।

एमालेका मन्त्रीहरूको सामूहिक राजीनामासँगै बागमती प्रदेशको सत्ता समीकरणमा नयाँ राजनीतिक मोड आउने अपेक्षा गरिएको छ। अब प्रदेश सरकारको आगामी कदम र नयाँ सत्ता समीकरणबारे चासो बढेको छ।

bagmati-amael.jpg
undefined

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार