Aug 20 2026 | २०८३, भाद्र ४ गते

Aug 20 2026 | २०८३, भाद्र ४ गते

साउने सोमबारको तयारी : पशुपति क्षेत्रमा तीव्र सरसफाइ अभियान

साउने सोमबारको तयारी : पशुपति क्षेत्रमा तीव्र सरसफाइ अभियान

नेपाल सम्वत् ११४६, दिल्लाथ्वः५ पञ्चमी (३ साउन, २०८३, १९ जुलाई, २०२६) आईतबार, बाँपिझ्याला । साउने सोमबारमा लाखौं भक्तजनको आगमनलाई मध्यनजर गर्दै पशुपति क्षेत्र विकास कोषले पशुपति क्षेत्रमा विशेष सरसफाइ अभियान सञ्चालन गरेको छ।

गत हप्तादेखि सुरु गरिएको अभियानअन्तर्गत शनिबार दोस्रो साताको सरसफाइ विभिन्न स्थानमा सम्पन्न गरिएको कोष सञ्चालक परिषद् सदस्य तथा पशुपतिका भण्डारी केदारमान भण्डारीले जानकारी दिनुभयो।

उहाँका अनुसार भक्तजन दर्शनका लागि लाम लाग्ने चारै प्रवेशद्वार, दर्शन मार्ग तथा प्रमुख आवतजावत क्षेत्रलाई विशेष प्राथमिकतामा राखेर सरसफाइ गरिएको छ।

यसका साथै दक्षिणामूर्ति, उमाकुण्ड, पशुपति बजार, भुवनेश्वरी, गौशाला, बज्रघर, तिलगंगा र वनकाली क्षेत्रमा समेत व्यापक सफाइ गरिएको छ।

कोषले साउनभर भक्तजनलाई स्वच्छ, सुरक्षित र व्यवस्थित वातावरणमा दर्शन गर्ने सुविधा उपलब्ध गराउने उद्देश्यले सरसफाइ अभियानलाई निरन्तरता दिने जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार