नेपाल सम्वत् ११४६, दिल्लाथ्वः३ तृर्तिया (१ साउन, २०८३, १७ जुलाई, २०२६) शुक्रवार, बाँपिझ्याला । निर्देशक क्रिस्टोफर नोलनको नयाँ फिल्म ‘द ओडिसी’ ले विश्वभर चर्चा बटुलिरहेको छ। हजारौं वर्ष पुरानो ग्रीक कवि होमरको प्रसिद्ध महाकाव्यलाई आधुनिक सिनेमाको भाषामा प्रस्तुत गरिएको यो फिल्म अहिले दर्शक र समीक्षक दुवैको आकर्षणको केन्द्र बनेको छ।
म्याट डेमन र टम हल्यान्ड अभिनीत यस फिल्मले ट्रोजन युद्धपछि आफ्नो गृहराज्य इथाका फर्किने क्रममा राजा ओडिसियसले भोगेको दशक लामो कठिन यात्राको कथा प्रस्तुत गर्छ। समुद्रमा आएका भीषण संकट, दैत्यहरूसँगको संघर्ष र घरमा उनकी पत्नी पेनेलोपीले गरेको धैर्यपूर्ण प्रतीक्षालाई फिल्मले भावनात्मक र भव्य शैलीमा चित्रण गरेको छ।
फिल्म केवल साहसिक यात्राको कथा मात्र होइन, युद्धले मानिसको मनोविज्ञानमा पार्ने गहिरो प्रभावको पनि कथा हो। युद्ध सकिएपछि सैनिकहरू शारीरिक रूपमा घर फर्किए पनि मानसिक र भावनात्मक रूपमा सामान्य जीवनमा फर्किन वर्षौं लाग्ने, कतिपय कहिल्यै पूर्ण रूपमा सामान्य अवस्थामा नफर्किने यथार्थलाई फिल्मले प्रभावशाली रूपमा उजागर गरेको छ।
भव्य दृश्य, गहिरो कथा र शक्तिशाली अभिनयका कारण ‘द ओडिसी’ यस वर्षको सबैभन्दा प्रतीक्षित र चर्चित हलिउड फिल्ममध्ये एक बनेको छ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij