नेपाल सम्वत् ११४६, दिल्लाथ्वः३ तृर्तिया (१ साउन, २०८३, १७ जुलाई, २०२६) शुक्रवार, बाँपिझ्याला । संघीय संसद् सचिवालयले प्रतिनिधिसभा र राष्ट्रियसभाका सबै सांसदलाई आगामी भदौ २९ गतेभित्र आफ्नो सम्पत्ति विवरण अनिवार्य रूपमा बुझाउन निर्देशन दिएको छ।
संसद् सचिवालयका उपसचिव अधिराज राईले शुक्रबार जारी गरेको विज्ञप्तिअनुसार सांसदहरूले पद बहाल गरेको ६० दिनभित्र आफ्नो तथा आफ्नो परिवारको नाममा रहेको सम्पूर्ण सम्पत्तिको विवरण पेश गर्नुपर्ने व्यवस्था रहेको छ।
यो व्यवस्था भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ५०(१) तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा ३१(१) बमोजिम लागू गरिएको सचिवालयले जनाएको छ।
सचिवालयका अनुसार सांसदहरूले आफ्नो वा आफ्नो परिवारको नाममा रहेको सम्पत्तिको स्रोत वा निस्सासहितको विवरण तयार गरी खामबन्दी गरेर तोकिएको समयभित्र संसद् सचिवालयमा बुझाउनुपर्नेछ।
सचिवालयले निर्धारित समयभित्र सम्पत्ति विवरण बुझाई कानुनी दायित्व पूरा गर्न सबै सांसदलाई अनुरोध गरेको छ।
नुसार सांसदहरूले पद बहाल गरेको ६० दिनभित्र आफ्नो तथा आफ्नो परिवारको नाममा रहेको सम्पूर्ण सम्पत्तिको विवरण पेश गर्नुपर्ने व्यवस्था रहेको छ।
यो व्यवस्था भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ५०(१) तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा ३१(१) बमोजिम लागू गरिएको सचिवालयले जनाएको छ।
सचिवालयका अनुसार सांसदहरूले आफ्नो वा आफ्नो परिवारको नाममा रहेको सम्पत्तिको स्रोत वा निस्सासहितको विवरण तयार गरी खामबन्दी गरेर तोकिएको समयभित्र संसद् सचिवालयमा बुझाउनुपर्नेछ।
सचिवालयले निर्धारित समयभित्र सम्पत्ति विवरण बुझाई कानुनी दायित्व पूरा गर्न सबै सांसदलाई अनुरोध गरेको छ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij