नेपाल सम्वत् ११४६, दिल्लाथ्वः३ तृर्तिया (१ साउन, २०८३, १७ जुलाई, २०२६) शुक्रवार, बाँपिझ्याला । भीमेश्वर नगरपालिकाले नगर क्षेत्रभित्र सञ्चालनमा रहेका सबै उद्योग तथा व्यवसायलाई कानुनबमोजिम दर्ता तथा नवीकरण गर्न आग्रह गर्दै सार्वजनिक सूचना जारी गरेको छ।
नगरपालिकाले स्थानीय उद्योग/व्यवसाय दर्ता, सञ्चालन तथा नियमन सम्बन्धी ऐन, २०७७ तथा आर्थिक ऐन, २०८३ बमोजिम नगरभित्र सञ्चालनमा रहेका सम्पूर्ण उद्योग तथा व्यवसायले अनिवार्य रूपमा दर्ता तथा नवीकरण गर्नुपर्ने जनाएको हो।
सूचनाअनुसार हालसम्म व्यवसाय दर्ता नगरी सञ्चालन गरिरहेका उद्योग तथा व्यवसायीले २०८३ साल श्रावण मसान्तभित्र भीमेश्वर नगरपालिकाको कार्यालयमा उपस्थित भई आफ्नो व्यवसाय दर्ता गर्नुपर्नेछ। यसअघि दर्ता भइसकेका उद्योग तथा व्यवसायले पनि तोकिएको समयभित्र नवीकरण गरिसक्न नगरपालिकाले आग्रह गरेको छ।
नगरपालिकाले समयमै दर्ता तथा नवीकरण नगरी व्यवसाय सञ्चालन गरेको पाइएमा स्थलगत अनुगमन गरी प्रचलित कानुनबमोजिम आवश्यक कारबाही प्रक्रिया अघि बढाइने चेतावनीसमेत दिएको छ।
यो सूचना भीमेश्वर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णु प्रसाद सुवेदीले जारी गरेका हुन्। नगरपालिकाले सबै उद्योगी, व्यवसायी तथा सेवा प्रदायकलाई समयमै दर्ता तथा नवीकरण प्रक्रिया पूरा गर्न अनुरोध गरेको छ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij