नेपाल सम्वत् ११४६, तछलागाः १५ प्रतिपदा (३१ अषाढ, २०८३, १५ जुलाई, २०२६) बुधबार, बाँपिझ्याला । नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन औपचारिक रूपमा फिर्ता लिएको छ। मुख्यमन्त्री कमलबहादुर शाहले एमालेका मन्त्रीहरूलाई पदबाट बर्खास्त गरेलगत्तै एमालेले सरकारसँगको सहकार्य अन्त्य गर्दै समर्थन फिर्ता लिने निर्णय गरेको हो।
एमाले संसदीय दलको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको जनाएको छ। बजेट पुनर्लेखन नगरेसम्म आगामी आर्थिक वर्षको बजेट पारित गर्न सरकारलाई साथ नदिने अडानमा रहेको एमालेसँग सहमति हुन नसकेपछि राजनीतिक तनाव बढेको थियो।
आगामी आर्थिक वर्षको बजेट पारित हुने सम्भावना कमजोर बन्दै गएपछि मुख्यमन्त्री शाहले एमालेका चार जना मन्त्रीलाई पदबाट बर्खास्त गरेका थिए। त्यसपछि एमालेले सरकारबाट बाहिरिने र समर्थन फिर्ता लिने निर्णय गरेको हो।
एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावलले सहमतिका लागि भएका प्रयासलाई बेवास्ता गर्दै मुख्यमन्त्री शाह एकलौटी रूपमा अघि बढेको आरोप लगाएका छन्। उनले बजेट आफ्नै निर्वाचन क्षेत्र केन्द्रित गरी अन्य क्षेत्रलाई बेवास्ता गरिएको दाबी पनि गरेका छन्।
एमालेले समर्थन फिर्ता लिएसँगै सुदूरपश्चिम प्रदेश सरकार अल्पमतमा परेको छ। अब सरकारको भविष्य र आगामी बजेट पारित प्रक्रियालाई लिएर प्रदेशको राजनीतिक घटनाक्रम थप रोचक बन्ने देखिएको छ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij