Aug 20 2026 | २०८३, भाद्र ४ गते

Aug 20 2026 | २०८३, भाद्र ४ गते

एसियाली संवादमा सहभागी हुन प्रचण्ड श्रीलङ्का प्रस्थान

एसियाली संवादमा सहभागी हुन प्रचण्ड श्रीलङ्का प्रस्थान

नेपाल सम्वत् ११४६, तछलागाः १५ प्रतिपदा (३१ अषाढ, २०८३, १५ जुलाई, २०२६) बुधबार, बाँपिझ्याला । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ एसियाली संवाद कार्यक्रममा सहभागी हुन आज श्रीलङ्काको राजधानी कोलोम्बो प्रस्थान गर्नुभएको छ।

इन्टरनेशनल पिपल्स एसेम्बलीको आयोजनामा असार ३२ देखि साउन २ गतेसम्म सञ्चालन हुने उक्त कार्यक्रममा प्रचण्डसँगै नेकपाका नेता बलराम बास्कोटा, बलदेव चौधरी, दामा शर्मा, माधव पन्त र गङ्गा दाहाल पनि सहभागी हुनुहुनेछ।

प्रचण्डको निजी सचिवालयका अनुसार श्रीलङ्का भ्रमणका क्रममा उहाँले त्यहाँका राष्ट्रपति, प्रधानमन्त्री, जनता विमुक्ति पेरामुनाका महासचिव तथा कम्युनिस्ट पार्टी अफ श्रीलङ्काका महासचिवलगायत उच्च राजनीतिक नेतृत्वसँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम रहेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार