Aug 20 2026 | २०८३, भाद्र ४ गते

Aug 20 2026 | २०८३, भाद्र ४ गते

राष्ट्रियसभाको अर्को बैठक साउन १५ गते बस्ने

राष्ट्रियसभाको अर्को बैठक साउन १५ गते बस्ने

नेपाल सम्वत् ११४६, तछलागाः १५ प्रतिपदा (३१ अषाढ, २०८३, १५ जुलाई, २०२६) बुधबार, बाँपिझ्याला । राष्ट्रियसभाको अर्को बैठक आगामी साउन १५ गते बस्ने भएको छ। आज बसेको बैठकमा राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले आगामी बैठकको मिति सार्वजनिक गर्नुभएको हो।

बैठकका क्रममा प्रधानमन्त्री वालेन्द्र शाहका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले महान्यायाधिवक्ता कार्यालयको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन सभामा प्रस्तुत गर्नुभयो।

त्यसैगरी, अध्यक्ष दाहालले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको व्यहोरासमेत सभालाई जानकारी गराउनुभएको थियो।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार