नेपाल सम्वत् ११४६, तछलागाः १४ औशी (३० अषाढ, २०८३, १४ जुलाई, २०२६) मंगलबार, बाँपिझ्याला । इलामको फाकफोकथुम गाउँपालिका–५ का युवा कृषक तुलसी पिठाकोटे बहुखेती प्रणालीमार्फत सफल कृषकका रूपमा स्थापित भएका छन्। उनले सञ्चालन गरेको खडकुडे बहुउद्देश्यीय कृषि फार्मबाट वार्षिक लाखौँ रुपैयाँ आम्दानी गर्दै १५ जनालाई रोजगारीसमेत दिएका छन्।
पिठाकोटेले २५ रोपनी क्षेत्रफलमा अलैँची, नौ रोपनीमा चिया र सात रोपनीमा किबी खेती गर्दै आएका छन्। उनको फार्मबाट हरेक वर्ष करिब ३५ क्विन्टल किबी, १५ मन अलैँची र एक हजार किलोग्राम चिया उत्पादन हुने गरेको छ।
कृषिलाई व्यावसायिक रूपमा अघि बढाएपछि आफ्नो भविष्य सुरक्षित भएको उनी बताउँछन्। “कृषि कर्ममा डटेर लागेपछि भविष्य बन्यो। कृषिमा बगाएको पसिनाले सपना पनि फल्दो रहेछ,” उनले भने। हाल उनले वार्षिक करिब २० लाख रुपैयाँ बचत गर्दै आएका छन्।
उनी भविष्यमा किबीबाट जुस, जाम र वाइन उत्पादन गरी मूल्य अभिवृद्धि गर्ने तथा आधुनिक प्रविधिबाट अलैँची प्रशोधन गर्ने योजनामा छन्। तर किबी भण्डारण गर्ने सुविधा र आधुनिक प्रशोधन भट्टीको अभावले योजना कार्यान्वयनमा चुनौती रहेको उनको भनाइ छ।
फाकफोकथुम गाउँपालिकाले व्यावसायिक कृषिलाई प्रोत्साहन गर्दै पिठाकोटेलाई ५० प्रतिशत अनुदानमा कृषि उपकरण उपलब्ध गराएको गाउँपालिका अध्यक्ष दीपेन्द्र खनालले जानकारी दिए। गाउँपालिकाले यस्ता सफल कृषकलाई प्रोत्साहन गर्दै कृषि क्षेत्रमा आत्मनिर्भरता र रोजगारी सिर्जना गर्ने नीति लिएको जनाएको छ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij