नेपाल सम्वत् ११४६, तछलागाः १४ औशी (३० अषाढ, २०८३, १४ जुलाई, २०२६) मंगलबार, बाँपिझ्याला । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्यसूची सार्वजनिक गरेको छ। समितिले तरकारी, फलफूल, सागपात, मसला तथा माछालगायत विभिन्न कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको हो।
आजको मूल्यसूचीअनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो ४० रुपैयाँ, सानो (लोकल) ८ रुपैयाँ र सानो (टनेल) १८ रुपैयाँ कायम गरिएको छ। आलु रातो (लाम्चो) र गोलो प्रतिकिलो ५० रुपैयाँ, मुढे ४८ रुपैयाँ, भारतीय रातो आलु ३० रुपैयाँ तथा सेतो आलु ३२ रुपैयाँमा बिक्री हुनेछन्। भारतीय सुकेको प्याज प्रतिकिलो ५५ रुपैयाँ तोकिएको छ।
तरकारीतर्फ गाजर (लोकल) १२० रुपैयाँ, तराई गाजर ८० रुपैयाँ, स्थानीय बन्दा ४० रुपैयाँ, स्थानीय काउली ८० रुपैयाँ, रातो मूला ३५ रुपैयाँ, सेतो मूला (हाइब्रिड) २५ रुपैयाँ, लाम्चो भन्टा ३५ रुपैयाँ र डल्लो भन्टा ४५ रुपैयाँ निर्धारण गरिएको छ।
बोडी तने ६० रुपैयाँ, मकै बोडी ८० रुपैयाँ, घिउ सिमी (लोकल र हाइब्रिड) ८० रुपैयाँ, राजमा घिउ सिमी १०० रुपैयाँ, टाटे सिमी ८० रुपैयाँ, भटमासको कोसा १३० रुपैयाँ, तीते करेला र लौका ४०–४० रुपैयाँ तथा परवर, चिचिण्डो ३० रुपैयाँ प्रतिकिलो कायम भएको छ। घिरौँला ४५ रुपैयाँ, झिगुनी ६० रुपैयाँ, पाकेको फर्सी ६० रुपैयाँ, हरियो लाम्चो फर्सी ८० रुपैयाँ, डल्लो फर्सी ५० रुपैयाँ, भिन्डी ५० रुपैयाँ, सखरखण्ड १२० रुपैयाँ, पिँडालु १०० रुपैयाँ र इस्कुस ५० रुपैयाँ तोकिएको छ।
सागपाततर्फ रायो साग ९० रुपैयाँ, पालुङ्गो १०० रुपैयाँ, चमसुरको साग ६० रुपैयाँ, तोरीको साग ५० रुपैयाँ र हरियो प्याज १०० रुपैयाँ प्रतिकिलो कायम गरिएको छ। च्याउमध्ये कन्य च्याउ २८० रुपैयाँ, डल्ले च्याउ ४५० रुपैयाँ, राजा च्याउ ३०० रुपैयाँ र सबैभन्दा महँगो सिताके च्याउ प्रतिकिलो १,००० रुपैयाँ तोकिएको छ।
विशेष तरकारीतर्फ कुरिलो ३०० रुपैयाँ, निगुरो १०० रुपैयाँ, ब्रोकाउली ९० रुपैयाँ, चुकन्दर ७० रुपैयाँ, रातो बन्दा ६० रुपैयाँ, सेलरी २०० रुपैयाँ, पार्सले ३५० रुपैयाँ, पुदिना २०० रुपैयाँ, तामा १५० रुपैयाँ, तोफु १६० रुपैयाँ र गुन्द्रुक ३५० रुपैयाँ प्रतिकिलो कायम गरिएको छ।
फलफूलतर्फ फुजी स्याउ प्रतिकिलो ३०० रुपैयाँ, नेपाली केरा प्रतिदर्जन २५० रुपैयाँ, मालभोग केरा २०० रुपैयाँ, कागती १६० रुपैयाँ, अनार ५०० रुपैयाँ, मालदह आँप १५० रुपैयाँ, दशहरी आँप १६० रुपैयाँ, हरियो तरबुजा ७० रुपैयाँ, जुनार ३०० रुपैयाँ, भुइँकटहर प्रतिगोटा २०० रुपैयाँ, स्थानीय काँक्रो ९० रुपैयाँ, हाइब्रिड काँक्रो ३० रुपैयाँ, नेपाली मेवा ९० रुपैयाँ, भारतीय मेवा १२० रुपैयाँ, काँचो नरिवल ७० रुपैयाँ र हरियो नरिवल १७० रुपैयाँ निर्धारण गरिएको छ।
मसला तथा अन्य कृषिउपजतर्फ अदुवा २०० रुपैयाँ, सुकेको खुर्सानी ५०० रुपैयाँ, हरियो लाम्चो खुर्सानी ८० रुपैयाँ, बुलेट र माछे खुर्सानी ७०–७० रुपैयाँ, भेडे खुर्सानी ६० रुपैयाँ, अकबरे खुर्सानी २५० रुपैयाँ, हरियो लसुन १०० रुपैयाँ, हरियो धनियाँ ३०० रुपैयाँ, चाइनिज सुकेको लसुन २२० रुपैयाँ र नेपाली सुकेको लसुन १८० रुपैयाँ कायम गरिएको छ।
त्यसैगरी छ्यापी सुकेको २०० रुपैयाँ, सुकेको माछा १,००० रुपैयाँ, ताजा रहु माछा ३४० रुपैयाँ तथा बचुवा र छडी माछा प्रतिकिलो ३००–३०० रुपैयाँ अधिकतम थोक मूल्य निर्धारण गरिएको समितिले जनाएको छ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij