Aug 19 2026 | २०८३, भाद्र ३ गते

Aug 19 2026 | २०८३, भाद्र ३ गते

‘सस्तो स्टन्टले देश बन्दैन’ : रोजगारीको हिसाब दिन केकी अधिकारीको आग्रह

‘सस्तो स्टन्टले देश बन्दैन’ : रोजगारीको हिसाब दिन केकी अधिकारीको आग्रह

अभिनेत्री केकी अधिकारीले देश निर्माणका लागि प्रचारमुखी स्टन्टभन्दा रोजगारी सिर्जना र जनताको जीवनस्तर सुधारमा ध्यान दिनुपर्ने बताएकी छन्।

सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत धारणा सार्वजनिक गर्दै उनले "स्टन्टले देश बन्दैन" भन्दै सरकारले दैनिक रूपमा कति रोजगारी सिर्जना भयो र कति नागरिकले रोजगारी पाए भन्ने विषयमा जवाफदेही हुनुपर्ने उल्लेख गरेकी हुन्।

केकीले अब जनताले हरेक दिन सिर्जना भएका रोजगारी र त्यसबाट लाभान्वित भएका नागरिकको विवरण माग्ने समय आएको बताएकी छन्। उनले प्रचारमुखी गतिविधिभन्दा रोजगारीका उपलब्धिको सूची सार्वजनिक गर्न सके त्यसले देश निर्माणमा वास्तविक योगदान पुग्ने धारणा राखेकी छन्।

उनले फेसबुकमा लेखेकी छन्, "हरेक दिन कतिवटा रोजगारी सिर्जना गर्न सकियो? कतिले रोजगारी पाए? अब जनताले सोध्ने दिन आए। खै रोजगारीको प्रत्येक दिनको उपलब्धिको लिस्ट राखौँ बरु। त्यस्तो स्टन्टले चाहिँ पक्कै देश बन्ला। जनताको निराशा पनि पक्कै हटेर जाला। यो सस्तो स्टन्टले देश बन्दैन।"

केकीको उक्त अभिव्यक्ति सामाजिक सञ्जालमा व्यापक रूपमा चर्चामा आएको छ।

keki.jpg

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार